एनआरएनए एनसिसी कुवेतद्धारा नव-नियुक्त राजदुत दुर्गा प्रसाद भण्डारी लाई भव्य स्वागत
एनआरएनए एनसिसी कुवेत लगायत कुवेतको नेपाली समुदायले हिजो १८ अप्रिल २०१९ मा कुवेतका लागि नव-नियुक्त राजदुत महामहिम दुर्गा प्रसाद भण्डारीको भव्य स्वागत गरेका छन ।
कुवेतको फरवानिया स्थित (चेफ नौशद) रेष्टुरेँटमा आयोजित स्वागत कार्यक्रम मा राजदुत दुर्गा प्रसाद भण्डारी ले स्वागत समारोहलाई सम्बोधन गर्दै कुवेतमा रहेका श्रमिक नेपालीहरुलाई प्रबासको बसाईको क्रममा समस्याहरु आउन सक्छन तर जस्तोसुकै समस्यालाई पनि हामी सबै बसेर हल निकालौं, समाधान हुन्छ भन्दै जसको लागि सम्पूर्ण कुवेतवासी नेपालीहरुको आफुलाई सहयोगको खाँचो रहेको बताउनु भएको छ । भैपरि आएको खण्डमा मलाई कुनैपनि बेला कसैलेपनि सिधै फोन गर्न सक्नुहुनेछ।

भन्दै कुवेतमा नेपालीहरुको के-कस्ता समस्या छन र कसरी समाधान गर्न सकिन्छ भन्ने बारेमा छलफल गर्न कुवेतवासी नेपालीसँग छिट्टै अन्तर्कृया कार्यक्रम राखिने पनि वहाँले बचन दिनु भएको छ। स्वागत कार्यक्रममा नव-नियुक्त राजदुत दुर्गा प्रसाद भण्डारी र उहाँको धर्मपत्नी लाई आयोजक नआरएनए एनसिसी कुवेत, कुवेतमा कृयाशिल नेपाली सँघ-संस्था पत्रकार, बुद्धिजीवी, समाजसेवी लगायत कलाकारहरु ले पुष्पगुच्चा र दोसल्ला ओढाई भब्य स्वागत गरिएको थिए।

अध्यक्ष सुमित्रा देबि पौडेल को सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिमा नेपाली राजदुतावास कुवेतका नवनियुक्क्त महामहिम राजदूत दुर्गा प्रसाद भण्डारी को रहेका थिए भने अतिथिहरु मा एनसीसी कुवेतका संरक्षक,राजेन्द्र तामाङ,सुजन केसी,अमित राई,गणेश रावत लगायत कुवेतमा कृयाशिल विभिन्न संघ सस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, समाजसेवी लगायत कलाकारहरु उपास्थित रहेका थिए । कार्यक्रममा संस्था को उपाअध्यक्ष-अमृत गुरुङ ले स्वागत मन्तव्य दिएका थिए, भने कार्यक्रम लाई महासचिव हरी लवाती संचालन गरेका थिए ।

स्वागत कार्यक्रम एनसीसी कुवेतका संरक्षक राजेन्द्र तामाङ,एनआरएनए कुवेतका आईसिसी सुजन केसी,अमित राई,आदिबासी जनजाती महासँघ कुवेतका अध्यक्ष अमृत तमाङ,नेपाल पत्रकार महासंघ कुवेतका -उपअध्यक्ष नवारज पन्थी,नयाँ शक्ति नेपाल कुवेतका महासचिब जयनारायण थारु माझी, नेपाली संघीय समाज कुवेतको तर्फ बाट राज कुमार राइ, प्रवासी नेपाली मंच कुवेत,नेकपा एमाले को तर्फबाट युवाराज गैरे,नेपाली जनसम्पर्क समिति कुवैत को तर्फ बाट मन्जित राई, लगायतले आफ्नो बिचार शुभकामना मन्तव्य राखेका थिए ।

अन्तमा कार्यक्रमको समापन गर्दै अध्यक्ष सुमित्र पौडेल ले कार्यक्रममा उपस्थित हुने कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी,पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण सबैलाई बिशेष धन्यवाद ब्यक्त गर्नु भएको थिए। भने नृत्य र गीत हरु प्रस्तुत गरि भरपुर मनोरंजन साथ कार्यक्रम रातको १० बजे सम्पन्न भएको थियो।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै