‘मिस वर्ल्ड’ र ‘मिस यूनिभर्स’ बनेका बलिउडका १० अभिनेत्री, के गर्दैछन् आजभोलि ?
मुम्बइ। बलिउडमा जमेका सुन्दरीहरु थुप्रै छन् । तीमध्ये संसारभरीनै आफ्नो सुन्दरताको कारण चर्चामा रहेका अभिनेत्री पनि उत्तिकै छन् । कसैले विश्व सुन्दरीको ताज पहिरिएका छन् त कसैले मिस यूनिभर्सको । तीमध्ये केहिले फिल्ममार्फत दर्शकको मन र मुटुमा राज गरिरहेका छन् भने कोहि ताज पहिरिएसँगै हराएर गए । विश्वमा नै सुन्दरताको ताज पहिरिएका ती सुन्दरी अहिले चाहीँ के गर्दैछन् त ?
ऐश्वर्या रायः सन् १९९४ को विश्व सुन्दरीको ताज पहिरिएकी ऐश्वर्या रायले बलिउडमा निकै सफल फिल्महरुमा काम गरिन् । सुन्दरतासँगसँगै उनको अभिनयले धेरैले उनलाई अत्याधिक रुचाए । उनले अभिनेता अभिषेक बच्चनसँग बिहे गरिन् । उनको एक छोरी पनि छिन् । बिहेपछि पनि उनी निरन्तर फिल्ममा काम गरिहेकी छिन् ।
लारा दत्ताः लारा दत्त सन् २००० मा मिस यूनिभर्स बनेकी थिइन् । उनले फिल्म ‘अन्दाज’ बाट बलिउडमा डेब्यू गरिन् । तर लामो समयसम्म उनले फिल्ममा सफलता पाउन सकिनन् । उनले टेनिस स्टार भूपतिसँग बिहे गरिन् र फिल्म संसारबाट टाढिइन ।
संगीता बिजलानीः सन् १९८० को मिस इन्डिया बनेकी संगीता र सलमान खानको अफेयरले बलिउडमा निकै चर्चा पायो । तर, केही समयमा नै उनीहरुको ब्रेकअप भयो र उनले क्रिकेटर अजहरुद्दीनसँग बिहे गरिन् ।
जूही चावलाः सन् १९८४ मा मिस इन्डिया बनेकी जूही चावलाले बलिउडमा थुप्रै सफल फिल्ममा अभिनय गरिन् । उनको बिहेले धेरैलाई आश्चर्यमा पारिदियो । उनले आफूभन्दा बढी उमेरका जय मेहतासँग बिहे गरिन् ।
प्रियंका चोपडाः सन् २००० मा मिस वल्र्ड (विश्व सुन्दरी) बनेकी प्रियंका चोपडाले बलिउडमा मात्रै होइन हलिउडमा पनि निकै सफल फिल्म काम गरेकी छिन् । उनले गत वर्ष हलिउड गायक निक जोनससँग बिहे गरिन् । उनी अझै फिल्म क्षेत्रमा नै व्यस्त छिन् ।
नेहा धूपियाः सन् २००२ मा फेमिना मिस इन्डियाको ताज पहिरिएकी नेहाले फिल्ममा निकै बोल्ड सीन दिएकी थिइन् । यद्यपि उनको फिल्म सफल हुन सकेन ।
सोनू वालियाः सोनू वालियाले सन् १९८५ मा मिस इन्डियाको ताज पहिरिएकी थिइन् । उनले ‘खून भरी मांग’ मा गरेको अभिनयको निकै तारिफ गरिएको थियो । तर, त्यसपछि उनलाई फिल्ममा सफलता मिल्न सकेन । उनले एनआरआई फिल्म प्रोड्युसरसँग बिहे गरिन् र अमेरिका पलायन भइन् ।
सुष्मिता सेनः सुष्मिता सेन १९९४ मा मिस इन्डिया बनेकी थिइन् । त्यसपछि उनी मिस यूनिभर्स बन्न सफल भइन् । उनले अहिले सम्म विवाह गरेकी छैनन् । फिल्ममा उनको एकल भूमिकाले खासै सफलता पाउन सकेन । उनी मल्टीस्टारर फिल्ममा भने सफल भइन् ।
दिया मिर्जाः सन् २००० मा एशिया प्यासिफिक बनेकी दिया मिर्जाको करियर केहि खास भने हुन सकेन । प्रोड्युसर साहिल सांगासँग बिहे गरेपछि उनी खासै फिल्म क्षेत्रमा आइनन् ।
नम्रता शिरोडकरः नम्रता शिरोडकर सन् १९९३ मा मिस इन्डिया बनेकी थिइन् । उनले केहि फिल्ममा काम गरिन् । उनले साउथ स्टार महेश बाबुसँग बिहे गरिन् ।
April 21, 2019 3:17 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव