

सुरुमा ‘यात्रा’को कथा मन परेको थिएन : सलिमान बनियाँ

काठमाण्डाै – अभिनेता सलिनमान बनियाँ अभिनित चलचित्र ‘यात्रा’ यतिबेला प्रदर्शन भइरहेको छ । ‘ए मेरो हजुर-३’ सँगै एकै दिन बाट प्रदर्शन शुभारम्भ गरेको यात्रालाई धेरैले ‘ए मेरो हजुर ३’ को चेपुवामा पर्न सक्ने अड्कल गरेका थिए ।
तर राम्रो चलचित्र दिन सके २ वटा ठूला ब्यानरका चलचित्र एकै दिनमा प्रदर्शनमा आए पनि फरक नपर्ने उदाहरण यी दुई चलचित्रले दिएका छन् । यसैबीच हामीले चलचित्र यात्राका अभिनेता सलिनमान बनियाँसँग चलचित्र र दर्शकको प्रतिकृयाका विषयमा गफगाफ गरेका छाैँ ।
‘यात्रा’मा कत्तिको जाममा पर्नु भयो ? : चलचित्र यात्रा छायांकनका क्रममा मौसमको कारणले गर्दा अलि जाममा परियो । त्यसले गर्दा हाम्रो छायांकन सम्पन्न गर्न करिब ९२ दिन लाग्यो । र अहिले परिणाम पनि राम्रो आइरहेको छ । दर्शकले चलचित्रलाई मन पराइदिनु भएको छ ।
तपाईंँले यस चलचित्रमा पनि कपाल काट्नु भएन । ‘ए मेरो हजुर-२’को जस्तै लुक्स आयो भन्ने आरोप छ नि । खास कुरा के हो ?
झट्ट हेर्दा त्यस्तो लागेको हो । तर यात्रा फिल्मको मेरो यस्तो हेयर स्टाइल ‘ए मेरो हजुर-२’को भन्दा बिल्कुलै फरक छ । अनि फिल्मको कथाले मागेको कारण पनि कपाल पाल्नुपरेकोे हो ।
यस चलचित्रको लागि द्वन्द्व प्याकेजहरु पनि सिक्नुभयो ?
मैले लगभग दुई-तीन महिना नै सिकेको थिए । सुरु सुरुमा त निकै गाह्रो पनि भयो । तर सबै भन्दा ठूलो कुरा आत्मविश्वास हो । मसँग आत्मविश्वास थियो, त्यसैले आज म सफल भएको हुँ ।
यस फिल्मको के कुरा मन परेर फिल्ममा साइन गर्नुभयो ?
सुरुमा कथा सुन्दा त मलाई त्यति मन परेको थिएन र म गर्दिन भन्ने निर्णय गरेको थिएँ । उहाँहरुले मेरै लागि भनेर कथाका केहि अंश परिमार्जन गर्नु भएछ । त्यही फिल्मको लागि फेरि मलाई अफर आयो । त्यतिबेला चै मलाई कथा पहिलाको भन्दा राम्रो लाग्यो र चलचित्रमा काम गर्न राजि भएँ ।
नयाँ नायिका मलिका महतसँग काम गर्दा कस्तो लाग्यो त ?
हामीले सोचेको भन्दा एकदमै राम्रो गर्नुभएको छ । र त्यही अनुसार उहाँको अभिनयलाई दर्शकले पनि रुचाउनु भएको छ ।
चलचित्र प्रदर्शन भइसकेको छ, कस्तो प्रतिक्रिया पाउँदै हुनुहन्छ ?
दर्शकबाट एकदमै राम्रो प्रतिक्रिया आइरहेको छ । हाम्रो फिल्मको गीत र ट्रेलरलाई जसरी रुचाउनु भएको थियो चलचित्रलाई पनि उत्तिकै माया गर्नुभएको छ । सबै दर्शकलाई धन्यवाद भन्न चाहान्छु । यात्रा हेर्नुभएको छैन भने हेर्न आग्रह गर्छु।
आफ्नो दोस्रो चलचित्र यात्रापछिको तपाईँको योजना के छ ?
चलचित्र अझै पनि हलमा लागिरहेको छ । त्यसैले अहिले म यात्रा कै लागि मात्र सोचिरहेको छु । सायद अब केही समय आराम गर्छु । त्यसपछि चित्तबुझ्दो कथाको लागि अफर आयो भने काम गर्नेछु ।
April 22, 2019 5:50 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

