Monday 25th August 2025

पार्टी एकताको फलामे ढोका फोरिएकोः पुष्पकमल दाहाल ‘प्रचण्ड’

6 years अगाडी

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले जिल्ला नेतृत्व चयनसंगै पार्टी एकताको फलामे ढोका फोरिएको बताएका छन्।नेपाल कम्युनिष्ट पार्टीको ७० औ बार्षिकोत्सवका अवसरमा सोमबार काठमाण्डौको प्रज्ञाभवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष दाहालले ७७ वटै जिल्लाको नेतृत्व चयनसंगै फलामे ढोका जस्तै रहेको जिल्ला कमिटीको नेतृत्वको मुख्य गाँठो फोरिएको बताएका हुन्।

एकता प्रक्रिया समयमै टुंगिन नसक्दा पार्टी र नेतृत्वप्रति प्रश्न उठेको भएपनि अन्तत सफलताका साथ एकताको सन्र्दभमा जटिल बनेको समस्या समाधान भएको बताए। लामो समय सम्म एकताको सांगठनिक स्वरुपलाई अन्तिम रुप दिन नसक्दा जंगलमा हराउन थालेको अनुभुति पनि विगतमा भएको भन्दै उनले अन्तत पार्टी एकताको प्रक्रिया टुंगो लागेको बताए।

उनले जिल्ला नेतृत्व चयनसंगै अबको ८ महिना भित्र सबै जिल्ला र प्रवासका कमिटीको सम्मेलन सकि १ बर्ष भित्र पार्टीको महाधिवेशन गरिने उद्घोष गरे। महाधिवेशन महाबहसको एउटा भट्टी भित्र प्रवेश गर्ने महाअभियान पनि हुने भन्दै उनले विसंगति र विकृतिबाट शिक्षा लिएर पार्टी भित्र भएको फोहर मैला सफा गर्नुपर्ने आवश्यकता औल्याए।

उनले भने, ‘फोहर मैला हामी भित्र पनि जम्मा भएको छ। यो फोहर मैला सफा नगरी हामी अगाडि जाने अवस्था छैन।’

दुईवटा प्रयोगबाट एउटा नया निष्कर्षका साथ अघि बढ्ने काम भएको भन्दै उनले राष्ट्र र जनता तथा सिंगो कम्युनिष्ट आन्दोलनको हितमा कदम चाल्नुपर्ने आवश्यकताका साथ कम्युनिष्ट एकतामा जुटेको उल्लेख गरे। सानो विवेक र संकल्पले पार्टी एकता नभएको भन्दै उनले आफुहरुले जनतासंग गरेको प्रतिवद्धताबाट विच्चलित नभईकन पार्टी एकता गरी क्रान्तिको नया कोशेढुङ्गा स्थापित गरेको स्पष्ट पारे।

उनले एकता प्रक्रियामा भएको पछिल्लो निर्णय प्रतिक्रियावादीहरुको लागि अर्को प्रतिवाद भएको बताए। उनले नयाँ साँस्कृतिक आन्दोलन सहित भ्रष्टाचार, ढिलासुस्ती बेइमानी र जालझेलका विरुद्ध अभियान चलाउनुपर्नेमा जोड दिए।उनले नेपालको नया परिस्थितिप्रति विश्वभरबाट गहिरो अध्ययन भईरहेको भएपनि मुलुकभित्रैबाट भने प्रतिगामी तत्वहरुले कम्युनिष्ट एकताको आक्रामक स्थितिलाई कमजोर पार्ने गरि षडयन्त्र बुन्ने काम भईरहेको दाबी गरे।

उनले राष्ट्रिय एकतालाई मजबुत बनाउदै सामाजिक न्यायसहित समाजवादको आधार तयार पार्ने राष्ट्रिय अभिभारा पार्टीमा रहेको भन्दै सो अभिभारा पुरा गर्न तत्पर रहने बताए। जनयुद्ध, जनआन्दोलनलाई एकअर्काको पुरक बनाउदै शान्ति सम्झौता सम्म लैजाने र युगान्तकारी राजनीतिक परिर्वतन गराउने महाअभियानमा आफुहरु सफल भएको भन्दै उनले संविधानसभाबाट संविधान निर्माण सम्मका सबै फेयरिस्तलाई प्रस्तुत गरे। कार्यक्रममा दुवै अध्यक्षद्धारा स्थापना दिवसको अवसरमा संयुक्त रुपमा दिएको शुभकामनाको श्रव्यदृश्य सामाग्री प्रस्तुत गरिएको थियो।

          April 22, 2019 6:30 pm | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...