नेपालको विकासका कुरामा यूएईमा नेपालीबीच विवाद, चक्कु प्रहारबाट एकको ज्यान गयो
यूएई – यूएईको रसअलखेमामा एक नेपालीको चक्कु प्रहारबाट नेपालीकै ज्यान गएको छ । एउटै कम्पनीमा कार्यरत सँगै बस्ने दुई नेपालीबीचको भनाभनले ठूलो रुप लिँदा चक्कु प्रहारबाट पाल्पा तानसेनका तिलक चौधरीको ज्यान गएको हो । रसअल खेमामा सरसफाइ गर्ने कामदार सप्लाई गर्दै आएको बेस क्लिनिङ कम्पनीमा कार्यरत भोजपुरका युगेन्द्र राईकाे चक्कु प्रहारबाट चौधरीको ज्यान गएको हो ।
गएको सोमबार दिउँसो रक्सी खाएका बेला उनीहरुबीच नेपालका आफ्नो गाउँमा भएको बिकास बारे भनाभन भएको थियो । भनाभनका क्रममा राईले तिलकलाई चक्कु प्रहार गरेको उनीहरु सँगै काम गर्ने साथीले बताएका छन् ।
‘कामगर्ने ठाउँबाट खाजा खान कोठामा आउँदा उनीहरु बसेर रक्सी खाँदै थिएँ, प्रत्यक्षदर्शी ती साथीले भन्नुभयो,‘ तिलकले पाल्पामा ठूल्ठूला गाडी चल्ने बाटो रहेको र देशकै नमुना जिल्ला भएका भने, अनि रमेशले आफ्नो गाउँको मान्छे देशको राष्ट्रपति भएको र पाल्पामा भन्दा भोजपुरमा विकास भएको भन्दै भनाभना गरिरहेका थिए ।’
भनाभनै क्रममा युगेन्द्रले तिलकलाई चक्कु प्रहार गरेका हुन् । घटनापछि स्थानीय प्रशासनले अनुसन्धानका लागि ३ जना नेपालीलाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये दुई जना नेपाली छुटेर काममा फर्किएका छन भने राईलाई थप अनुसन्धानका लागि जेल चलान गरिएको छ ।
कम्पनीको क्याम्पमा ९ जना नेपाली बस्दै आएका थिए । राई र चौधरी एक वर्षदेखिसँगै बस्दै आएका थिए ।
घटनास्थल आबुधाबीबाट झण्डै २ सय ५० किलोमिटर टाढा पर्छ । घटना घटेको ५ दिन बित्दा पनि कम्पनीले अधिकारिक रुपमा दूतावासलाई जानकारी नगराएको दूतावासकी द्वितीय सचिव तथा सुचना अधिकारी बिष्णुकुमारी अधीकारीले बताउनुभयो । कानूनी प्रक्रिया पूरा गरेर दूतावाससँग समन्वय गर्ने कम्पनीले जनाएको छ।
April 22, 2019 6:53 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन