गौतम बुद्ध अन्तराष्ट्रीय कृकेट रङ्गाशाल निर्माण सहयोगार्थ धुर्मुस सुन्तली साझ गरिदै
गुरु प्रसाद , युएइ
राष्ट्र निर्माण तपाईं हाम्रो अभियान नारा सहित धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको “गौतमबुद्ध अन्तरराष्ट्रीय क्रिकेट रंगशाला निर्माणमा सहयोग जुटाउन युएईमा धुर्मुस सुन्तली साँझ हुने भएको छ ।
चितवन समाज युएईको संयोजनमा नेपाली जन प्रगतिशिल मन्च युएइ लगायत युएईमा कृयाशिल ३७ वटा संघसंस्थाहरु हालसम्म आयोजकको भूमिकामा रहेको छन् ।
अप्रिल २६ अर्थात बैशाख १३ गते सुक्रवार हुन गईरहेको सो कार्यक्रम ग्रान्ड एक्सेलसिय होटल बरदुबईमा हुनेछ ।
युएईमा कार्यरत आम नेपालीका तर्फबाट मुलुकमा राष्ट्रीय गौरवको एउटा महत्वपूर्ण काम हुन लागिरहेको अवस्तामा युएइमा कृयाशिल सस्थाहरुको हातेमालोले विश्वो भर रहेका नेपाली समक्ष सकारात्मक सन्देश दिने अपेक्षा कार्यक्रम संयोजक चितवन समाज, युएईले राखेको छ । धुर्मुस सुन्तली फ़ाउण्डेसनले यस अघि पनि भूकम्प पिडितहरुको लागि एकिकृत नमुना बस्ती निर्माण गरेको थियो भने उक्त अभियानमा समेत प्रवासमा रहेका लाखौ प्रवासी नेपाली श्रमिक तथा सघ सस्थाले आर्थीक सहयोग गरेका थिए ।
कार्यक्रममा धुर्मुस सुन्तलिको साथमा गायिका मेलिना राइ अनि गायक पुस्पन प्रधान रहने छन भने युएइमा कार्यरत चर्चित गायक पारश लामा को साथमा फ्युजन ड्रान्स ग्रुपको समेत प्रस्तुती रहने आयोजक सस्था मध्यका नेपाली जन प्रगतिशिल मन्च युएइका अध्यक्ष बाबुराम बिश्वोकर्माले नेपालदृष्टी लाई जानकारी गराए ।
April 23, 2019 4:40 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन