Friday 27th February 2026

बलिउडका चर्चित अभिनेत्रीहरुका प्रेम र ब्रेकअपका रोचक कुराहरू

7 years अगाडी

मुम्बई । बलिउडमा अभिनेत्रीहरुको अफयेर्स, ब्रेकअपको विशेष चर्चा र चासो हुने गर्दछ । अहिले बलिउडबाट हलिवुडमा जमिरहेकी अभिनेत्री प्रियंका चोपडा अहिले हलिवुड अभिनेता निक जोनससँग विवाह गरे पनि उनका विवाह अघिका अफ्येर्स र ब्रेकअप निकै चर्चित रहेका छन् ।

प्रियंका विवाह अघि असिम मर्चेन्ट, हर्मन बबेजा, शाहिद कपुर जस्ता अभिनेताहरुसँग अफ्येर्समा रहेकी थिइन् । त्यस्तै प्रियंकाको नाम अभिनेता अक्षयकुमार. शाहरुख खान र टम हिडिल्सन जस्ता अभिनेताहरुसँग पनि अफ्येर्सको चर्चा चलेको थियों ।

त्यस्तै गरि अहिलेकी बलिवुडकी अभिनेत्री आलिया भट्टको अफ्येर्स र ब्रेकअप पनि चर्चित रहेका छन् । सन् २०१२ मा स्टुडेन्ट अफ द इयरबाट बलिवुडमा डेभ्यु गरेकी आलियाको नाम कैयौं अभिनेता तथा उनका साथीहरुसँग अफयेर्स चलेको थियो । आलियाको नाम उनका बचपनका साथी रमेश दुबे, अली ददारकर, व्यापारी कविन मित्तलसँग अफ्येर्सको चर्चा चलेको थियो ।

त्यस्तै आलियाको नाम संगै बलिवुडमा डेभ्यु गरेका अभिनेता बरुण धवनसँग अफ्येर्सको चर्चा चलेको थियो । पछिल्लो समय सँगै डेभ्यु गरेका अर्का अभिनेता सिद्धार्थ मल्होत्रासँग लामो समयसम्म अफ्येर्स चलेको थियो । दुवै सार्वजनिक ठाउमा समेत देखिन थालेका थिए । तर अघिल्लो बर्ष आलिया र सिद्धार्थको ब्रेकअप भयो । आलियाले अहिले अभिनेता रनबिर कपुरसँग अफ्येर्समा रहेकी छन् । अहिले दुवैले विवाह गर्ने तयारी गरेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ ।

क्रिकेटर विराट कोहलीसँग घरजम गरेकी अभिनेत्री अनुष्का शर्माको पनि विवाह अघि अफ्येर्सका निकै चर्चा रहेका थिए  विवाह अघि अनुष्काको रनबीर कपुर, रणबिर सिंह, शाहिद कपुर, क्रिकेटर सुरेश रैना, अर्जुन कपुरसँग अफ्येर्सको चर्चा चलेको थियो ।

केहि महिनाअघि अभिनेता रनबीर सिंहसँग घरजम गरेकी अभिनेत्री दीपिका पदुकोनेको पनि विवाह अघिका अफ्येर्स चर्चित थिए । दीपिकाको क्रिकेटर महेन्द्र सिंह धोनी, युवराज सिंह, सिद्धार्थ मालिया, निहार पाण्डेय, उपेन पटेलसँग अफ्येर्सको चर्चा चलेको थियो ।

दीपिकाको चर्चित अफ्येर्स अभिनेता रनबीर कपुरसँग रहेको थियो । रनबीरसँगको ब्रेकअपपछि दीपिका डिप्रेसनमा समेत पुगेकी थिइन् । तर त्यसपछि दीपिका र रनबीर सिंहसँग अफ्येर्समा परिन् र उनीहरुले गत डिसेम्बरमा विवाह गरेका थिए ।

          April 23, 2019 6:19 pm | मनोरञ्जन


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...