राज्यमन्त्री मण्डलको पहलमा डोम समुदायकी युवतीको यसरी भयो विवाह
काठमाडौं। मधेसी समुदायमा कथित तल्लो जाति भनेर व्यवहार गरिँदै आइएको डोम समुदाय विपन्न समुदाय पनि हो। यो समुदायले आफ्नो जीविकोपार्जनकालागि बंगुर पालन गर्ने र चोयाका सामाग्री बनाएर बेच्ने गर्दै आएका छन्। यो समुदायलाई कथित ‘अछुत’ भनेर समाजका कथित उपल्लो जाति बसोबास गर्ने ठाउँमा भन्दा परै राख्ने प्रचलन छ।
यही विपन्न र कथित तल्लो जातिका कुश्वा मल्लिक डोमलाई आफ्नी छोरीको विवाह गर्नुपर्ने चिन्ताले सताउन थाल्यो। उमेर पुगेकी छोरीलाई घरबाट अन्माउने हिन्दु परम्परा अनुसार कुश्वा पनि आफ्नी छोरीलाई अन्माउन चाहन्थे। कुश्वाकी छोरी राधा मल्लिक डोमकालागि उनले योग्य वर पनि भेट्टाए। तर, आर्थिक अवस्था कमजोर भएका कारण उनले विवाह गर्ने आँट गर्न सकेनन्।
तराइ मधेसका दाइजो प्रथा निम्न वर्गकोलागि टाउको दुखाइको विषय बनेको छ। छोरीकालािग योग्य वर पाएका कुश्वा मल्लिक डोम राजनीतिक रुपमा पनि सक्रिय नै मानिन्छन्। प्रदेश नम्बर दुईका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलको गृहजिल्ला पनि सिराहा नै हो।
अझ उनकै निर्वाचन क्षेत्रका कुश्वा मलिक डोमले आफ्नो पीडा राज्यमन्त्री मण्डललाई सुनाए। छुवाछुत विरुद्ध अभियान चलाउँदै आएका राज्यमन्त्री मण्डलले कुश्वा डोमको समस्या बुझिहाले। उनले जिल्लामा पार्टीभित्र यो विषयमा छलफल चलाए। अनि राजपाले कुश्वा मलिक डोमकी छोरी राधा मलिक डोमका विषय आफ्नो खर्चमा गर्ने निर्णय गर्यो।
उक्त निर्णय अनुसार मंगलबार सिराहा कल्याणपुर नगरपालिका–३ की राधा मलिक डोम र धनुषका अजय मलिकबीच भएको विवाहको सम्पूण खर्च राज्यमन्त्री मण्डलको अगुवाईमा पार्टीले व्यहोरेको छ।
उक्त वैवाहिक कार्यक्रममा कल्याणपुर नगरपालिका तीन नम्बर वडाका वडाध्यक्ष अकोश कुमार मण्डलले चार आना सुन दान गरेका थिए। वडा अध्यक्ष मण्डलले विवाहमा लाग्ने सुनको व्यवस्था गरेका थिए भने खाजा लता कपडा र अन्य बन्दोबस्तीको व्यवस्था राज्यमन्त्री मण्डलको अगुवाईमा राजपाले व्यवहोरेको थियो।
‘मधेसमा अहिले पनि छुवाछुतको अवस्था कायमै छ,’ राज्यमन्त्री मण्डलले भने, ‘सामजिक विभेदको रुपमा रहेको छुवाछुत प्रथालाई जरैदेखि उखेल्नकालागि सानो प्रयासको सुरुवात गरिएको छ।’
April 24, 2019 1:10 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै