एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट : बलियो टोली अष्ट्रेलियासँग आज नेपालले खेल्ने
एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले शुक्रबार अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ म्यानमारको मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा नेपाल र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार सवा तीन बजेदेखि सुरु हुनेछ ।
प्रतियाेगिता कै सर्वाधिक बलियो टोली अष्ट्रेलियाविरुद्ध नेपालकाे लक्ष्य बराबरीमा राेक्नु नै हुनेछ । तर त्याे लक्ष्य नेपालका लागि सजिलाे भने छैन । चीनमा एक साता अभ्यास गरेको नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रने छ । चीनको सिचुवानमा अभ्यास गरेको नेपालले चीनको यू-१५ महिला टोली र छन्दु प्रान्तको यू-१८ टोलीसंग अभ्यास खेल समेत खेलेको थियो ।
अष्ट्रेलिया नेपाललाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुवात गर्न चाहन्छ । यस समूहमा अष्ट्रेलियालाई उपाधि दाबेदार मानिएको छ । छनोटमा अष्ट्रेलियापछि नेपालले अप्रिल २८ मा उज्वेकिस्तान र ३० अप्रिलमा म्यानमारसँग खेल्नेछ । छनोटको शीर्ष टोलीले एएफसी यू-१९ च्याम्पियनसिपमा स्थान बनाउने छन् ।
April 26, 2019 9:56 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :