फ्यानको मोबाइल खोसेको भन्दै सलमान खानविरुद्ध प्रहरीमा उजुरी
बलिउड अभिनेता सलमान खानविरुद्ध मुम्बईको डीएन नगर प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । सलमान खानले एक फ्यानको हातबाट मोबाइल फोन खोसेको आरोप लगाउँदै केस दर्ता भएको हो ।
सलमान खान लिक रोडमा साइकल चलाइरहेको बेला एक जना फ्यानले उनको भिडियो खिचिरहेका थिए । त्यसै क्रममा सलमान खानले ती फ्यानको हातबाट मोबाइल खोसेका थिए । सलमान खानका बडी गार्डको तर्फबाट पनि ती व्यक्तिविरुद्ध मुद्दा दर्ता भएको छ । उनीहरुका अनुसार सलमान खानको अनुमतिबिना ती फ्यानले भिडियो खिचिरहेका थिए ।
अभिनेता सलमान खान यतिबेला उनको आगामी फिल्म ‘दबंग ३’ को छायाँकंनमा व्यस्त छन । प्रभु देवाको निर्देशनमा बन्न लागेको यस फिल्ममा यसअघि ‘दबंग’ र ‘दबंग २’ मा अभिनय गरिसकेकी अभिनेत्री सोनाक्षी सिन्हा सलमान खानको श्रीमतीको भूमिकामा देखिनेछिन् ।
यससँगै सलमान खानको यतिबेला अबको केही समयमा रिलिज हुने फिल्म ‘भारत’ को चर्चा चुलिएको छ । अली अब्बास जफरको निर्देशनमा बनेको यस फिल्ममा सलमान खानका साथै अभिनेत्री कट्रिना कैफ, दिशा पाटनी, तब, अभिनेता ज्याकी श्राफ, सुनील ग्रोभरको मुख्य भूमिका रहनेछ । फिल्म ‘भारत’ इदको अवसर मा जून ५ मा रिलिज हुनेछ । आज सलमान खानको यसै फिल्मको पहिलो गीत ‘स्लो मोशन’ रिलिज भएको छ । यस गीतमा सलमान खान र दिशा पाटनीको डान्स रहेको छ ।
April 26, 2019 10:42 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव