एनआरएनका खेलाडीले जिते ६ स्वर्ण पदक
काठमाडौं – पहिलो पटक राष्ट्रिय खेलकूद प्रतियोगीतामा सहभागिता जनाएको गैरआवासिय नेपाली संघ (एनआरएन) खेलकूद टोलीले ६ स्वर्णसहित १४ पदक जितेको छ । बिहीबार साँझ राजधानीमा आयोजित खेलाडीको सम्मान कार्यक्रममा सो जानकारी दिइएको हो ।
एनआरएन टोलीले पौडीमा ५ स्वर्ण हात पारेको छ भने एक रजत र एक कास्य पदक प्राप्त गरेको छ । यस्तै लन टेनिसमा १ स्वर्ण र २ कास्य, करातेमा १ रजत र कास्य, बक्सिङमा १ कास्य र जुडोमा १ कास्य पदक प्राप्त गरेको हो । एनआरएन टोलीले लन टेनिस, ब्याडमिन्टन, तेक्वान्दो, जुडो कराते, एडलेटिक्स, पौडीलगायतमा ८ खेलमा सहभागिता जनाएको थियो भने ती प्रतिस्पर्धामा १९ खेलाडी सहभागी भएका थिए ।
एनआरएनले स्वर्ण पदक विजेतालाई १ लाख रजत विजेतालाई ८० हजार र कास्य विजेतालाई ६० हजार नगद र प्रशंशापत्रले सम्मान गरेको छ । यस्तै सहभागी अरु खेलाडीलाई पनि जनही ५० हजार नगद प्रदान गरिएको पत्रकार सम्मेमलनमा जानकारी दिएकाे छ । यस्तै हरेक खेलका प्रशिक्षकलाई २५ हजार र कदरपत्र प्रदान गरिएको एनआरएनले जनाएको छ ।
April 26, 2019 11:23 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन