

एनआरएन यूएईका अध्यक्ष श्रेष्ठ दुबईमा पक्राउ

यूएई – गैर आवसीय नेपाली संघ (एनआरएन) यूएईका अध्यक्ष रमेश श्रेष्ठलाई प्रहरीले दुबईबाट पक्राउ गरेको छ ।
शुक्रबार बरदुवईमा धुर्मुस–सुन्तली साँझ भइरहेका बेला श्रेष्ठलाई कार्यक्रम स्थलबाटै प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नुको कारणबारे अहिलेसम्म नखुले पनि पक्राउ परे लगत्तै उज्यालोसँग भएको सम्पर्कमा श्रेष्ठले आफूलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको बताउनुभयो ।
यूएईको स्थानीय समय अनुसार शुक्रबार साँझ साँढे ६ बजे फेसबूक म्यासेन्जरमार्फत सम्पर्कमा आएका श्रेष्ठले भन्नुभयो ‘कसैले मेरोविरुद्धमा उजुरी दिएको रहेछ । म प्रहरीको नियन्त्रणमा छु । सोधपुछ भइरहेको छ । अरु कुरा पछि जानकारी गराउनेछु ।’ त्यसपछि भने उहाँ सम्पर्कमा हुनुहुन्न ।
कार्यक्रमका सहभागीले भने अध्यक्ष श्रेष्ठ पक्राउ परेको बिषयमा बोल्न चाहेनन । कार्यक्रम आयोजक संस्था चितवन समाज यूएईका अध्यक्ष पर्शुराम घिमिरेले पनि श्रेष्ठ पक्राउ परेको बारे शनिबार विहान मात्रै आफूले जानकारी पाएको बताउनुभयो ।
धुर्मुस–सुन्तली साँझ कार्यक्रम चलिरहेका बेला श्रेष्ठ कसैले बोलाएपछि बाहिरिनु भएको थियो । त्यसपछि श्रेष्ठ नफर्किएको उहाँको भनाइ छ । श्रेष्ठ लामोसमय सम्म नफर्किएकाले टेलिफोन गरेको तर सम्पर्क नभएको घिमिरेले बताउनुभयो ।
श्रेष्ठ पक्राउ परेपछि झापाका शंकर श्रेष्ठले अध्यक्ष रमेश श्रेष्ठविरुद्ध आफूले उजुरी दिएको बताउनुभएको छ । आफूले पाउनुपर्ने रकम नपाएपछि रमेश श्रेष्ठविरुद्ध आफूले केही समयअघि दुबई र अजमानमा मुद्दा दायर गरेको श्रेष्ठले बताउनुभयो । आफूलाई दिनुपर्ने ६० हजार दिर्हाम नदिएकाले रमेश विरुद्द उजुरी दिएको शंकरको भनाइ छ ।
दुबै जनाले यूएईमा म्यानपावर व्यवसाय सञ्चालन गर्दै आएका छन् । हालै युएईमा एनआरएनलाई नेपाल एसोशिएसनको रुपमा दर्ता गरेका रमेश श्रेष्ठ र व्यवसायिक साझेदारी गरिरहेका व्यवसायी शंकर श्रेष्ठबीच लामो समयदेखि कारोबारका विषयमा विवाद थियो । उज्यालो अनलाईन बाट साभार
April 27, 2019 2:03 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

