

नेकपामा पोलिटव्यूरो गठन र केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँड कहिले ?

काठमाडौं। एकता भएको ११ महिनापछि ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको नेकपा पोलिटब्युरो कमिटी गठनको तयारी गरेको छ। हालै जिल्ला कमिटीको नेतृत्व टुंगो लगाएको नेकपाले पोलिटब्युरो कमिटी टुंगो लगाउने तयारी गरेको हो।लामो समयसम्म जिम्मेवारीविहीन हुँदा नेता कार्यकर्तामा नैराश्यता उत्पन्न भएको भन्दै नेकपाले पोलिटब्युरो कमिटीसँगै केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट गर्ने तयारी गरेको छ।
नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानन्त्री झलनाथ खनालले पोलिटव्यूरो गठन र केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाडकालागि गृहकार्य भइरहेको बताए। सचिवालय बैठक बसेर मापदण्ड तय गर्ने र पोलिट्व्यूरो गठन र केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाड गर्ने उनले बताए।‘अहिले पोलिटव्यूरो कमिटी गठन र केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँडका विषयमा अहिले गृहकार्य भइरहेको छ,’ पूर्वप्रधानमन्त्री खनालले डिसी नेपालसँग भने, ‘केही दिनमै सचिवालय बैठक बसेर मापदण्ड तय गर्छ र त्यही मापदण्डका आधारमा पोलिटव्यूरो र केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँड गर्छ।’
सचिवालय बैठकले मापदण्ड बनाउने बताएका खनालले बैठक बस्ने निश्चित भने नभएको बताए। यसअघि नै सचिवालय, केन्द्रीय, प्रदेश र जिल्ला कमिटीको घोषणा भइसकेको छ। अब पोलिटब्युरो कमिटी, विभाग, प्रवास, केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट, जनवर्गीय संगठनसहित स्थानीय तहको एकता अझै टुंगो लागेको छैन। ३ जेठमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता घोषणा भएको थियो।
स्रोतका अनुसार पोलिटव्यूरो र केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँडका विषयमा अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच छलफल भइरहेको छ, तर वरिष्ठ नेता माधव नेपाल मुलुक बाहिर भएका कारण निष्कर्षमा भने पुग्न सकेका छैनन्। माधव नेपाल स्वदेश फर्किएपछि उनीसँग पनि छलफल गरेर मापदण्ड निर्धारण गरी पोलिटव्यूरो गठन र केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँड गरिनेछ।नेकपामा गठन हुने पोलिटब्युरो कमिटी १४७ सदस्यीय हुनेछ। केन्द्रीय कमिटीको एक तिहाइ रहनेगरी पोलिटब्युरो गठन गर्ने अन्तरिम विधानको व्यवस्थानुसार १४७ सदस्यीय पोलिटब्युरो गठन हुँदै छ।
नेकपाका ४४१ सदस्यीय केन्द्रीय सदस्यमध्ये तत्कालीन एमालेबाट साबिक पोलिटब्युरो सदस्य तथा माओवादीबाट साबिक ९९ सदस्यीय सचिवालयबाट वरिष्ठतामा अघि रहेका पोलिटब्युरो सदस्य बनाउने सैद्धान्तिक सहमति शीर्ष नेताबीच भएको छ । तत्कालीन एमालेबाट ८१ र माओवादी केन्द्रबाट ६६ जना नेता पोलिटब्युरो सदस्य हुने सहमति भएको छ । एमालेबाट पोलिटब्युरो सदस्य भइसकेका र दुईपटक केन्द्रीय सदस्य भइसकेका नेतामध्येबाट वरिष्ठताका आधारमा पोलिटब्युरो कमिटीमा पर्नेछन् ।
April 28, 2019 11:49 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

