Tuesday 29th July 2025

महिलाहरुले जस्तै पुरुषहरूका लागि पनि परिवार नियोजनको चक्की आयो

6 years अगाडी

एजेन्सी । महिलाहरुले जस्तै पुरुषहरूले पनि परिवार नियोजनको लागि चक्की प्रयोग गर्न पाउने भएका छन । पुरुषहरूका लागि परिवार नियोजनको लागि कन्डम, भ्यासेक्टोमी मात्र नभइ चक्की पनि उप्लब्ध हुने भएको हो ।

उक्त चक्कीमा शुक्रकीट उत्पादन रोक्ने हर्मोन हुनेछ । चक्की बजारमा आउन भने अझै एक दशक लाग्न सक्ने एन्डोक्राइन सोसाइटीको वार्षिक सम्मेलनमा बताइएको छ । अनुसन्धानकर्ताहरूले शुक्रकीटको उत्पादन अस्थायी रूपमा रोक्ने चक्की उत्पादनको लागि एलए बायोमेड र वाशिङ्टन विश्वविद्यालयमा अनुसन्धान गरिरहेका छन् ।

एन्डोक्राइन सोसाइटीको सम्मेलनमा चक्की बारे उनीहरूले चालीस पुरुषमा भएको प्रारम्भिक सुरक्षापरीक्षण उत्साहवर्धक रहेको जनाएका छन् । पाँच पुरुषहरुले चक्कीको प्रयोग गरेका परीक्षणबाट तीन पुरुषहरुले यौन इच्छामा कमी आएको बताए भने दुई जनाले उत्तेजनामा कमी आएको तर यौन क्रियाकलापमा भने असर नपरेको बताइएको बीबीसीमा उल्लेख गरेको छ । उक्त चक्कीले जन्म रोक्छ की रोक्दैन भन्ने थाहा पाउनको लागि भने लामो परीक्षण आवश्यक्ता रहने बीबीसीमा खबर छ ।

          April 28, 2019 11:53 am | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...