‘जिरो’ फ्लप भएपछि नयाँ फिल्म साइन गर्ने हिम्मत जुटाउन नसकेकै हुन त शाहरुखले ?
काठमाण्डाै – बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘जिरो’ को असफलताले उनीमाथि निकै गहिरो प्रभाव पारेको छ । यही कारण उनी अहिले कुनै पनि नयाँ प्रोजेक्ट साइन गर्ने हिम्मत जुटाउन सकिरहेका छैनन् ।
उनले अब कुनै नयाँ प्रोजेक्ट साइन गर्नु अघि केही समय लिने बताएका छन् । भर्खरै शाहरुख खान बेइजिङ्ग फिल्म फेस्टिभलमा ‘जिरो’ को स्क्रिनिङको लागि चीन गएका थिए । त्यहाँ उनले ‘जिरो’ को असफलता र आफ्ना अबका नयाँ प्रोजेक्टको बारेमा कुरा गरेका थिए ।

शाहरुख खानले चीनको एक वेबसाइटलाई लिएको अन्तरवार्तामा भनेका छन् ‘यस पटक म फिल्म हेर्न, स्क्रिप्ट सुन्न र किताब पढ्नमा समय बिताउनेछु । मेरा बच्चाहरु पनि आफ्नो कलेज लाइफ पूरा गर्दैछन् । सुहाना कलेजमा छिन्, आर्यन एकवर्ष भित्रमा कलेज पूरा गर्दैछन् । म मेरो परिवारका साथ समय बिताउन चाहान्छु ।’

शाहरुख खानले अगाडि भने ‘म तब मात्रै नयाँ फिल्म गर्नेछु जब मेरो मन भित्रैबाट आवाज आउनेछ मैले अब फिल्म गर्नुपर्छ । मैले १५/२० स्टोरीहरु सुनिसकेँ र ती मध्ये २/३ वटा राम्रो पनि लागेका छन\ । तर अहिलेसम्म मैले निधो गरेको छैन म कुन फिल्म गर्छु । किनकी मैले निर्णय लिने बित्तिकै काम गर्न पनि सुरु गरिदिनेछु । त्यस पछि म त्यही काममा तल्लीन हुनेछु ।’
आनन्द एल रायको निर्देशनका बनेको फिल्म ‘जिरो’ डिसेम्बर २१ मा रिलिज भएको थियो । शाहरुख खान, अनुष्का शर्मा र कट्रिना केफको मुख्य भूमिका रहेको यो फिल्म बक्स अफिसमा नराम्रोसँग फ्लप सावित भएको थियो ।
April 30, 2019 1:24 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।