नायिका श्वेता खड्कालाई गर्दनमा ट्यूमर ! भाबुक हुँदै लेखिन स्टाटस ‘जीन्दगीले दोस्रो पटक खेल खेल्यो !’
काठमाडौं – नेपाली चलचित्र जगतकी चर्चित नायिका श्वेता खड्का बिरामी भएपछि उपचारका लागि दिल्लीस्थित बीएलके सुपर स्पेसियालिटी अस्पताल भर्ना भएकी छिन् । उनलाई चिउँडोमुनि ट्युमर आएपछि उपचारका लागि दिल्ली गएकी हुन् । अस्पतालमा डाक्टर सुरेन्द्रकुमार दबसले श्वेताको चिउँडोमुनि आएको ट्युमरको ‘रोबोटिक शल्यक्रिया’ गरेका छन् । । श्वेताले आफ्नो उपचारका लागि नेपालबाट डाक्टर पंकजले सबै व्यवस्था गरेको र आफ्नो शल्यक्रिया सफल भएको बताएकी छिन् ।
ट्यूमर भएपछि अस्पतालकै बेडबाट खड्काले फेसबुकमाफर्त आफूलाई चलचित्र ‘हेल्लो जिन्दगी’ को छायांकन गर्न लण्डनजानु अघि नै दुखाइ महसुस भएको बताएकी छिन् । त्यस्तै फेसबुकमा उनले भावुक हुदैँ यस्तो स्टाटस लेखिन् , तपाईँलाई यो कुरा कहिल्यै थाहा हुँदैन कि तपाईँका योजना र आकांक्षा केही सेकेण्डमै चकनाचुर हुन सक्छन् ।’जीवनमा केही कुराको पनि निश्चितता नहुने रैछ लेखेकी छिन् ।
त्यसका साथै उनले स्वास्थ्यका कारण फिल्ममा काम गर्न नसक्ने बताउँदै हेलो जिन्दगीको समूहसँग माफी मागेकी छिन् । डरलाग्दो अवस्थालाई जितेर पुन नयाँ जीवन पाएको खड्काले जीवनले मसँग दोस्रो पटक खेल खेलेको बताइन् ।
May 1, 2019 10:57 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।