पारिश्रमिक कडा लिनेप्रति आँचलको आक्रोश
नायिका आँचल शर्मा खुलस्त बोल्न रुचाउँछिन् । कुनै न कुनै बिषयमा उनको खुलेर बोल्ने बानीले धेरैलाई ब्यङ्ग्य पनि गर्छ । अहिले आँचल पारिश्रमिक धेरै लिने र मिडियामा हल्ला गर्ने कलाकारहरुप्रति खनिएकी छिन् ।
आँचलले भनिन्–‘यहाँ त मिडिया र कलाकार दुबैको गल्ती छ । पारिश्रमिक २०–३० लाख लियो अनी हल्ला गर्दै हिड्यो । मिडियाले पनि डिमाण्डेड नायिका भनिदिन्छ । कहिलेकाही त हामीलाई पनि पारिश्रमिक धेरै लिदा मात्र डिमाण्ड हुने रहेछ भन्ने लाग्छ ।’
नायिका शर्माले मिडियामा आउने पारिश्रमिक र कलाकारले वुझ्ने पारिश्रमिक एउटै नहुने समेत बताइन् । उनले भनिन्–‘एउटा कलाकारले कम पारिश्रमिकमा साइन गरेर बाहिर आउँदा धेरै पैसा भनिदिन आग्रह गरेको मेरै आँखाले देखेको छु, कानले सुनेको छु । यसैले म यो कुरामा विश्वास नै गर्दिनँ ।’
आँचलले कलाकारले महंगो पारिश्रमिक माग्दा एउटा निर्मातालाई पनि समस्या भैरहेको सुनाइन् । आफ्नो भूमिका र समय हेरेर त्यही अनुसार पारिश्रमिक लिनुपर्ने आँचलको तर्क छ । आँचलले आफूले भने ‘घाटी हेरेर नै हाड निलिरहेको बताइन् । आँचल अभिनित चलचित्र ‘दाल भात तरकारी’ शुक्रबारदेखि रिलिज हुँदैछ । आँचल यो चलचित्रबाट आफू अत्यन्तै आशावादी रहेको बताउँछिन् ।
May 1, 2019 3:08 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।