कुवेतमा नेपाली महीलाद्वारा नेपालीकै छुरी प्रहार गरि हत्या :
कुवेत, बैशाख १९- कुवेतमा एक नेपाली महिलाले आफ्नै प्रेमीको छुरी प्रहार गरि हत्या गरेकी छन् । लिभिङ टुगेदरमा बसेकी महिलाले बुधबार दिउँसो छुरी प्रहार गरि प्रेमीको हत्या गरेकी हुन् ।
हत्या गरिएका नेपाली तनहुँ जिल्ला निवासी खेम बहादुर बिक रहेको बुझिएको छ ।
कुवेतको मंगाफमा लिभिङ टुगेदरमा बसेकी धरान घर भएकी भनिएकी माया गुरुङले छाती र ढाडमा धारिलो हतियार प्रहार गरेर हत्या गरी कपडाले छोपेर राखेकी प्रतक्ष्यदर्शी तथा सामाजिक व्यक्तित्व नवराज पराजुलीले जानकारी दिए ।
घटना मंगाफ स्थित ब्लक-४ दिउँसो ४ बजे घटेको थियो ।
मृतक खेम बिक कुवेतमा वैधानिक रुपमा बस्दै आएका थिए भने माया अवैधानिक रुपमा बस्दै आएकी थिइन् ।
माया प्रेमसँगै लिभिङ टुगेदरमा बसोबास गर्दै आएका यी जोडी खासै खुसि देखिदैनथे । उनीहरु दिनहुँ झगडा गरिरहने नजिकका नेपालीहरुको भनाइ छ ।
यी जोडीले शुक्रबार र शनिबार म:म बनाएर बेच्ने गरेका पुर्णिमा Dxn ले बताइन । उनीहरु अर्डर अनुसार कोठामै म:म पुर्याउनसम्म जाने गरेका थिए ।
एक बच्चासहित २१ जना पक्राउ
प्रहरीले माया गुरुङलाई घटना स्थलबाटै पक्राउ गरेको छ । भने अन्य २१ जना प्रकाउ परेको बुझिएको छ । प्रकाउ परेका मध्ये एक जनालाई सोधपुछ पश्चात छोडेको र अन्य प्रहरी हिरासतमै छन् ।
पक्राउ पर्नेमा एक बच्चा समेत रहेका छन् । ति बच्चालाई बाबुआमासहित पक्राउ गरेको हो ।हाम्रोसंचार बाट
May 2, 2019 4:15 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने
टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो
