Friday 27th February 2026

३१ वर्षकी भइन् बलिउड अभिनेत्री अनुष्का शर्मा

7 years अगाडी

मुम्बई। बलिउड अभिनेत्री अनुष्का शर्माले बुधबार आफ्नो ३१ औं जन्म दिन मनाइन्। अनुष्काको जन्म १ मे, १९८८ मा भएको थियो। उनी अहिले बलिउडकी उत्कृष्ट नायिका मध्येकी एक हुन्। उनी अहिले अभिनयसँगै प्रोडक्शनमा पनि सक्रिय छन्। अनुष्काका बुवा भारतीय सेनामा अफिसर थिए।

अनुष्का बाल्यकालमा धेरै शहरमा बस्नु पर्यो। उनको घर हिमालचमा हो र उनले हिमाचलबाटै स्कुलको पढाइ सुरु गरेकी थिइन्।
सुरुवाती दिनमा अनुष्का हिरोइन भन्दा पनि पत्रकार बन्न चाहन्थिन्।

अनुष्काले ११ डिसेम्बर २०१७ मा भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीसँग विवाह गरेकी हुन्। अनुष्का र विराटलाई ग्यालमर्स संसारको सबैभन्दा हट जोडीमा रुपमा लिइन्छ।

          May 2, 2019 10:28 am | मनोरञ्जन


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...