भारतीय शक्तिशाली चक्रवातको प्रभाव पूर्वी नेपालमा सुरु, पानी पर्दैै
काठमाडौं । बंगालको खाडीमा बनेको शक्तिशाली चक्रवात ‘फानी’को प्रभाव नेपालमा पनि देखिन सुरु भइसकेको छ । यसको प्रभावले बिहीबार रातिदेखि नै पूर्वी नेपालमा मेघगर्जनसहित पानी पर्न थालेको छ ।
यसको प्रभाव विस्तारै बढ्दै जानेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यो चक्रवात नेपालमा नआउने तर भारतको ओडिशा, झारखण्ड, पश्चिम बंगाल हुँदै बंगलादेश जाने भएकाले पूर्वी र मध्य नेपालमा असर गर्ने देखिएको छ । फानीको प्रभावले पूर्व र मध्य क्षेत्रको हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेकाले अबको तीन दिन पदयात्रा वा हिमाल आरोहणमा नजान मौसमविद्ले सुझाव दिएका छन् ।
यस्तै अहिले रुपन्देही, कपिलवस्तुलगायत प्रदेश ५ को सीमा क्षेत्रमा चट्याङ र हुरीबताससहित पानी पारिरहेको प्रणाली पूर्वतिर सरिरहेको महाशाखाले जनाएको छ । आज देशभरिकै मौसम पूर्ण रुपमा खुल्ने सम्भावना कम रहेको मौसमविद् विभूति पोख्रेलले बताइन् । उनका अनुसार पश्चिममा पश्चिमी वायु तथा पूर्व र मध्य क्षेत्रमा फानीसँगै स्थानीय वायुको प्रभावले हुरीबतास, चट्याङसहित हिमपात हुने सम्भावना छ ।
फानीको प्रभाव पर्सि दिउँसोसम्म देखापर्ने बताइएको छ । यो आँधी भारतमा ४३ वर्षयता आएको सबैभन्दा शक्तिशाली आँधी भएको जनाइएको छ । ४३ वर्षयताकै शक्तिशाली भारतीय आँधी फानो शुक्रबार साँझ पूर्वी नेपाल आउँदै भारतमा आँधीको डर, ८ लाख मानिस सुरक्षित स्थानमा सारियो
May 3, 2019 11:01 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन