श्वेताको भारतमा सफल शल्यक्रिया !
अभिनेत्री श्वेता खड्का यतिबेला भारतमा अस्पताल भर्न भएकी छिन्। उनलाई अकस्मात ट्युमर देखिएपछी उनि अस्पताल भर्ना भएकी हुन्। गर्धनमा ट्युमर भएपछी उनको भारतमा शल्यक्रिया गरिएको हो। उनले शल्यक्रिया सफल भएको जानकारी सामाजिक संजाल मार्फत दिएकी हुन्।
केहि दिन अगाडी मात्र चलचित्र ‘हेलो जिन्दगी’ सुटिङ्गका लागी श्वेता लन्डन उडेकी थिइन्। केहि दिनको सुटिङ्ग सम्पन्न गरेकी श्वेता अकस्मात बिरामी भएपछी उनलाई भारत ल्याईएको थियो। स्वेता आफ्नो स्टाटसमा लेख्छिन्, ‘लन्डन जानुभन्दा केही दिन अगाडि मेरो चिउँडो मुनिको भागमा दुखाई भएको थियो । डाक्टरसँग परामर्श गर्दा ट्यूमर देखियो । तर, यसबाट डराउनु नपर्ने र केही महिनापछि शल्यक्रिया गर्दा पनि हुने डाक्टरले बताउनुभयो ।
तर, लन्डनमा फेरि समस्या दोहोरियो । खप्नै नसक्ने गरी दुख्ने र ज्वरोसमेत आएपछि अस्पताल गएँ । त्यहाँ डाक्टरले चाँडोभन्दा चाँडो शल्यक्रिया गर्न सुझाव दिनुभयो ।’ त्यो लगत्तै दिल्ली पुगेकी श्वेताको डा. सुरेन्द्र कुमार दवासको टिमले शल्यक्रिया गरेको थियो। शल्यक्रिया संगै उनले चलचित्र ‘हेल्लो जिन्दगी’ मा काम गर्न नसक्ने उल्लेख गरेकी छिन्।
May 3, 2019 11:40 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।