

नपढ्नेभन्दा पढ्ने मानिस धेरै वर्ष बाँच्छन् !

‘पढीलेखी के काम, हलो जोती खाए माम’ । नेपालीमा चर्चित यो भनाइले पढाइलाई भन्दा पनि श्रमलाई बढी महत्त्व दिने गर्छ । भिन्न सन्दर्भ र परिवेशमा यो भनाइको आफ्नै महत्त्व छ, होलान् । तर कम्तिमा पढ्ने बानीले चाहिँ मानिसको लागि गर्ने थुप्रै फाइदाहरुमध्ये एउटा रमाइलो फाइदा पनि हुँदो रहेछः त्यो हो– आयु बढ्ने । अर्थात् बढी बाँच्ने हो ! किताबी किराहरुका लागि खुसीको खबर छ । ‘सोसियल साइन्स एन्ड मेडिसिन’ जर्नलमा प्रकाशित एक नयाँ अध्ययनले पुस्तक पढ्ने मानिसहरु नपढ्नेभन्दा बढी बाँच्ने पत्ता लगाएको छ ।
अमेरिकाको प्रतिष्ठित विश्वविद्यालय एल विश्वविद्यालयका शोधकर्ताहरुले ५० वर्ष कटेका ३,६३५ सहभागीहरुलाई तिनको पठन बानीबारे सोधेका थिए । त्यस अध्ययनबाट प्राप्त तथ्याङ्कबाट उनीहरुले सहभागीहरुलाई तीन समूहबाट बाँडे । पठनका आधारमा तिनलाई त्यसरी विभाजन गरिएको थियो । पढ्दै नपढ्ने, हप्तामा ३.५ घण्टा पढ्ने र हप्तामा ३.५ घण्टाभन्दा बढी पढ्नेहरु गरेर तीन समूह बनाइएको थियो ।
अनुसन्धाताहरुले प्रत्यक समूहका सदस्यहरुलाई १२ वर्षसम्म पछ्याए । अध्ययनबाट सबैभन्दा बढी पढ्ने समूहको पनि पहिचान भएको थियो । यसमा उच्च आय भएका कलेज पढेका महिलाहरु थिए अध्ययनको अवधिमा पठन गर्ने दुवै समूहका मानिसहरु बढी बाँचेको पाइयो । नपढ्नेहरु भन्दा हप्तामा ३.५ घण्टा पढ्नेहरु तुलनात्मक रुपमा २३ महिना बढी बाँचेको देखियो ।
mentalfloss.com
उल्लेखित अतिरिक्त उमेरको मुनाफा ‘लिङ्ग, सम्पत्ति, शिक्षा अथवा स्वास्थ’ भिन्नताका बाबजुद सबै पठनशील सहभागीहरुमा लागू भएको पाइएको थियो । अध्ययनले सामान्यता अस्वस्थ मानिने बसेर गरिने पठनबाट पनि २० प्रतिशत मृत्युदर घटेको देखिनु निक्कै उल्लेखनीय कुरा हो । यसले ५० वर्ष नाघेका मानिसहरुको जीवनस्तर सुधार्न ‘पठन’ सबैभन्दा सजिलो तरिका रहेको देखाउँछ ।
माथिको परिणाममा थप सुधार गर्न सकिन्छ । यस अध्ययनबाट सहभागीहरुमध्ये ‘पुस्तक बाहेकका सामग्री पढ्नेको तुलनामा पुस्तक पढ्ने सहभागीहरु थप ४ महिना बढी बाँचेका थिए ।’ “१२ वर्षको अध्ययनका क्रममा पुस्तकका पाठकहरुले गैर–पुस्तक पाठकहरुभन्दा २० प्रतिशत कम मृत्युदर भोगेको देखियो,” शोधका एक लेखकले भने ।
अनुसन्धाताहरुले यसलाई निम्न रूपमा व्याख्या गरेका छन् : “त्यस अतिरिक्त, हाम्रो विश्लेषणले जुनै स्तरको पुस्तक पठनले पत्रपत्रिका पठनभन्दा बढी बाँच्न सघाएको देखाएको छ । यो एक महत्त्वपूर्ण खोज हो । यसअघिका अध्ययनले पठन सामग्रीको प्रकार बारेमा तुलना गरेको थिएन । यसले आम पठनभन्दा पनि पुस्तक पठनले थप बढी बाँच्न सघाउने कुरातर्फ सङ्केत गरेको छ ।”
पत्रपत्रिकाभन्दा पुस्तक पठनले बढी फाइदा दिनुको कारणमा पुस्तक पठनमा बढी बोधात्मक क्षेत्रहरुको संलग्नता हुनुले हो । प्रारम्भमा पढ्ने मानिसहरुले नपढ्नेहरुभन्दा उच्च बोधात्मक अवस्थाबाट सुरु गरेका हुँदैनन् । उनीहरु पठन कार्यमा मात्र संलग्न हुन्छन् । पछि पठनले उनीहरुको यी क्षेत्रहरुलाई उच्च बनाउँछ ।
“यी निष्कर्षले बोधात्मक स्तरलाई कायम गर्न सघाउने खालको एकाग्रता प्रकृतिको विकास गर्ने भएकाले पुस्तक–पठनले मानिसलाई बढी बाँच्न सघाएको देखायो,” अध्ययनका एक लेखकले भने ।
हरेक पुस्तक–प्रेमीलाई थाहा भएको कुरा हो कि पठनमा दुई प्रमुख बोधात्मक प्रक्रिया संलग्न हुन्छ: गहिरो पठन र भावनात्मक सम्बन्धन । गहिरो पठन सुस्त प्रक्रिया हो, जहाँ पाठकहरु पुस्तककै सन्दर्भभित्र र त्यसबाहिरको संसारमार्फत यसलाई बुझ्न खोज्छन् ।
pbs.twimg.com
भावनात्मक सम्बन्धन त्यो हो जहाँ पाठकहरु पात्रहरुको संवेदनासँग गाँसिन्छन् । यसले सामाजिक बोध र भावनात्मक बौद्धिकतालाई बढाउँछ । एल विद्यविद्यालयका अनुसन्धाताहरुको समूहले ती बोधात्मक प्रक्रियाहरुलाई उद्धरण गर्दै यस अध्ययनको मापकको रुपमा प्रयोग पनि गरेका छन् ।
‘उपयुक्त स्वस्थ व्यवहार र न्यून तनावमार्फत’ तिनले स्पष्ट रुपमा उमेर बढाउन फाइदा गर्न सघाउँछ, अध्ययनले भनेको छ । अध्ययनका लागि सङ्कलन गरिएका तथ्याङ्कहरु फोन सर्वेक्षणमार्फत सहभागीहरु आफैले टिपाएका थिए । यसका लागि इ–बुकको लेखाजोखा नगरिएको भए पनि सबै खालका पठन फलदायी हुने देखिएको छ । पठनले उमेर अनि ज्ञान बढाउनेबाहेक कुनै बेफाइदा गर्दैन !
May 3, 2019 1:59 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

