हिमालय एयरलाइन्सले अबुधाबी एयरपोर्ट देखि दुबई सम्म आउनेजाने ग्राहकहरुलाई बसको सुविधा
अनिस तामाङ/युएई
हिमालय एयरलाइन्सले आफ्नो ग्राहकहरुलाई आउद/जाँदा अबुधाबी एयरपोर्ट देखि दुबई सम्म बसको सुविधा सुरु गरेको छ । नेपाल जाने/आउने आफ्ना ग्राहकहरुको सेवा सुविधाको मध्यनजर गर्दै बरदुबई स्थिति सिटी सेन्टर पछाडिको फ्रि पार्किङबाट अबुधाबी एयरपोर्ट सम्म बसको व्यवस्था गरेको हो ।
नेपालबाट बेलुका ८:४५ मा उडेको जहाज अबुधाबी एयरपोर्टमा बेलुका ११:४५ बजे अवतरण गर्नेछ, उक्त जहाजको यात्रुहरुका लागि व्यवस्था गरेको बस १ बजे अबुधाबी एयरपोर्टबाट दुबई छुट्नेछ ।
त्यसैगरि अबुधाबी एयरपोर्टबाट विहान १:४५ मा नेपाल उड्ने जहाजमा यात्रा गर्ने यात्रुहरुलाई वर दुबई स्थित सिटि सेन्टर पछाडिको फ्रि पार्किङमा बसको व्यवस्था गरेको छ । उक्त बस त्यहाँबाट ठिक बेलुका ७:४५ बजे अबुधाबी एयरपोर्ट छुट्ने हिमालय एयरलाइन्सका जिएसए फिस्टेल ट्राभल्स एन्ड टुरिजम एलएलसि का सञ्चालक ठाकुर प्रसाद ढुङ्गानाले जानकारी दिएको हो ।
हिमालय एयरलाइन्सले यो भन्दा पहिले युएईको दुबईबाट पनि उडान भरिरहेको थियो तर केही प्राविधिक कारनले दुबईबाट केही समयका लागि उडान भरेको छैन । । हिमालय एयरलाइन्सले दुबई, साउदीको दम्माम, मलेसिया र कतारमा उडान भरिरहेको छ ।
May 6, 2019 8:32 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन