एयरपोर्ट छेउमै कसले राख्यो बम , मान्छेको भागभाग (हेर्नुहोस भिडियो)
काठमाडौंको कोटेश्वरमा शंकास्पद वस्तु भेटिएको छ । कोटेश्वर चोक नजिकै शंकास्पद झोला भेटिएपछि प्रहरी र नेपाली सेनाको टोली पुगेको छ । शंकास्पद वस्तु भेटिएको र त्यसको पहिचान गर्ने काम भइरहेको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी गोविन्द काफ्लेले जानकारी दिए । कोटेश्वर चोकदेखि तीनकुनेतर्फ सडकदेखि बाहिर मिनी ट्रकहरु पार्क गरी राख्ने ठाउँमा शंकास्पद झोला भेटिएको हो ।
‘शंकास्पद ब्याग भेटिएको छ, हामी पहिचान गर्दैछौं’ उनले भने । नेपाली सेनाको बम डिस्पोजल टोली पनि घटनास्थल पुगेको छ । शंकास्पद वस्तु भेटिएका कारण प्रहरीले तीनकुनेदेखि कोटेश्वर चोकतर्फ जाने सडक खाली गराएको छ । ती गाडीहरुलाई तीनकुने र कोटेश्वर चोकमा रोकिएको छ ।
कोटेश्वरबाट तीनकुनेतर्फ आउने गाडीहरु भने चलेका छन् । शंकास्पद वस्तु भेटिएपछि कोटेश्वर- भक्तपुर हुदै चल्ने सवारी साधनलाई तिनकुने र कोटेश्वर चोकबाटै डाईभर्सन गरिएको छ । ट्राफिक प्रहरीले कोटेश्वर चोक हुँदै चल्ने सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ । सार्वजनिक यातायातको आवागमन सहज बनाउने प्रयास गरिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।
May 7, 2019 9:57 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।