क्यान्सरबाट मुक्त भए बलिउड अभिनेता ऋषि कपूर, भारत फर्कन अझै २ महिना लाग्ने
काठमाण्डाै – आठ महिनादेखि अमेरिकाको न्यूयोर्कमा क्यान्सर रोगको उपचार गराइरहेका अभिनेता ऋषि कपूर अब भने रोगबाट मुक्त भएका छन ऋषि कपूर स्वयमले भारतीय मिडियासँगको अन्तरवार्तामा आफ्नो स्वास्थ्य अवस्थाका विषयमा कुरा गरेका छन । ऋषि कपूरका अनुसार उनलाई न्यूयोर्कबाट भारत फर्कन अझै २ महिना लाग्नेछ । किनकी उनको बोनम्यारो ट्रान्सप्लान्ट गर्न अझै बाँकी छ ।
ऋषि कपूरले श्रीमती नीतू कपूरको समेता प्रशंशा गर्दै भने ‘नीतू मेरो साथमा चट्टान बनेर उभिएकी थिइन । उनले मेरा खानपानमा निकै साथ दिइन् । साथै मेरा बच्चाहरु रणबिर र रिद्धिमाले मेरो हरेक समस्यालाई काँधमा काँध मिलाएर समाधान गरे । क्यान्सरबाट ग्रस्त ऋषिकाे आठ महिना लामो उपचार गत वर्षदेखि अमेरिकाबाट सुरु भएको थियो ।
ऋषिले भने, ‘भगवानलाई धन्यवाद ! अब म क्यान्सर रोगबाट मुक्त भएँ । तर अब बोनम्यारो ट्रान्सप्लान्ट हुनेछ, जसमा करिब २ महिनाको समय लाग्नेछ । मैले यस बिमारीपछि संयमित हुन सिकेको छु । निको हुनु भनेको धेरै नै बिस्तारै हुने प्रक्रिया हो । तर यसले तपाईँलाई जिन्दगीको महत्व कति धेरै छ भन्ने कुरा सिकाउँछ । यस क्रममा परिवार र फ्यानहरुको आर्शीवाद र कामनाले असर देखायो । म सबैलाई धन्यवाद दिन चाहन्छु ।’
ऋषि कपूरले गत वर्ष सेप्टेम्बरमा ट्विटरमार्फत आफ्नो राेगको कुरा गर्दै त्यसको उपचारका लागि अमेरिका जान लागेको बताएका थिए । तर अहिलेसम्म परिवारका अन्य सदस्य तथा साथीभाइले ऋषि कपूर कुन रोगको उपचार गराइरहेका छन् भन्ने बारेमा खुलासा गरेका थिएनन् ।
समय समयमा सामाजिक सञ्जाल मार्फत ऋषि कपूर र नीतु कपूरले उनका फ्यानलाई स्वास्थ्य स्थितिका बारेमा जानकारी दिने गरेका थिए । नीतु कपूरले इन्स्टाग्राममार्फत कयौं तस्बिरहरु पोस्ट गरेकी छिन् । उपचार गराइरहेका ऋषि कपूरलाई भेट्नका लागि बलिउड कलाकारहरु प्रियंका चोपडा, अनुपम खेर, करिश्मा कपूर, आमिर खान, आलिया भट्टलगायतका कलाकारहरु अमेरिका पुगेका थिए ।
May 7, 2019 12:02 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।