अनौठा बोका : जसको मुल्य जन्मनासाथ २ लाख ७० हजार रुपैया
पाँचथर, वैशाख । सामान्यतया हामिले भर्खर जन्मेको बोकाको मुल्य २ हजार रुपैया सम्म आँकलन गर्न सक्छौं । तर पाँचथरमा यस्तो प्रजातिको बाँका छ जुन बोका जन्मनासाथ त्यसको मुख्य २ लाख ७० हजार रुपैया पर्छ । फिदिम नगरपालिका–२ साम्दीनमा जन्मिने बित्तिकैको पाठोको मूल्य प्रतिगोटा २ लाख ७० हजार रुपैयाँ तोकिएको छ । नमुना बाख्रापालन फर्ममा जन्मिएको त्यती महँगो बोका किन्न ग्राहक पुगेका छन् ।
अष्ट्रेलियबाट ल्याइएको बोयर जातको ब्राखाबाट जन्मिएका बोकाको मुल्य यति महंगो पर्न गएको हो । जिल्लामा अन्यत्र फर्म चलाइरहेकाहरुले स्थानीय जातका सँग क्रस गराउन ति महंगा बोका लैजाने गरेका छन् । सो फाराममा जन्मिएका बोका जन्मनासाथ बैना स्वरुप पैसा दिएर ग्राहक गएका छन् । एक ग्राहकले त्यती महंगो बोका जन्मिएको एकसातैमा किन्ने तयारी गरेका हुन्। तीन महिनापछि लैजाने गरी पेस्की दिइराख्ने गरी मोलतोल पनि हुने गर्छ।
व्यावसायिक ब्राखापालनमा लागेका युवा व्यवसायी सुजन ढुंगानाले गत वर्षमा अष्ट्रेलियाबाट बोयर जातका बाख्रा ल्याएर पाल्न थालेका थिए। लोकलसँग पनि क्रस गराएर सन्तान उत्पादन गर्न मिल्ने भएकाले सो जातको बोका अरुले पनि लैजान थालेका छन् । सो जात विस्तार गर्नका लागि उनले बोका बिक्री गर्न लागिएको ढुंगानाले बताए।
‘दैनिक २ सय ५० देखि ३ सय ५० ग्रामसम्म मासु बढ्ने भएकाले यो जातको बोका महंगो पर्न गएको हो । यो जातको बोकालाई संसारमा सबैभन्दा राम्रो मासुको रुपमा लिइने गरिएको पनि उनले बताए । उनले ३ लाख रुपैयाँ गोटाले अष्ट्रेलियाबाट ३ वटा पाठी र एउटा बोका ल्याएर पाल्न थालेका थिए । अहिले सन्तान उत्पादन गर्ने काम गरिरहेको छु। बोयर नै र लोकलसँग क्रस गराउँदै छु। अब केही वर्षपछिबाट मासु उत्पादन सुरु हुन्छ’ उनले भने ।
May 7, 2019 12:18 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै