इण्डियन प्रिमियर लिग : दिल्ली र हैदराबादकाे प्रतिस्पर्धा, सन्दीप खेल्ने सम्भावना कति ?
इण्डियन प्रिमियर लिग आईपीएलको इलिमिनेटर खेल अन्तर्गत सन्दीप लामिछाने सम्मिलित टोली दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादसँग बुधबार खेल्दैछ । यस खेलको विजेता टोलीले फाइनल प्रवेशका लागि चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित भएपछि चेन्नईले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नु परेको हो ।
लिग चरणमा तेस्रो र चौथो स्थानमा रहेका दिल्ली र हैदराबादबीचको खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजेदेखि बिसाखापटनमस्थित डाक्टर राजाशेखारा क्रिकेट रंगशालामा हुनेछ ।युवा खेलाडीले भरिएको दिल्ली टिम पहिलोपल्ट आईपीएलको फाइनलका लागि अग्रसर छ । रिक्की पोन्टिङ र सौरभ गांगुलीले दिल्लीका युवा खेलाडीलाई एउटा लय दिएका छन् प्लेअफमा मुम्बई र चेन्नईसँगै समान १६ अंक भएर पनि दिल्ली रनरेटमा पछि रहँदै इलिमिनेटर खेल्नु परेको हो ।
डेविड वार्नर प्रेरित दिल्लीको ब्याटिङ लाइन उत्कृष्ट छ । बलिङतर्फ रशिद खानले नेतृत्व लिनेछन् । दिल्लीका कप्तान श्रीयास आयर, रिशभ पन्त लगायतका युवा खेलाडीमा उसको प्रदर्शन निर्भर हुनेछ ।
दक्षिण अफ्रिकाका कागिसो रावाडा विश्वकप तयारीका लागि स्वदेश फर्किएपछि दिल्लीले त्यसको मूल्य चुकाउनुपर्ने हुनसक्छ ।नेपाली युवा स्पिनर सन्दीप लामिछाने पछिल्लो ३ खेलदेखि सुरुआती सेटमा स्थान बनाउन असफल छन् । विकेटको अवस्था अनुसार बुधबार उनी खेल्ने नखेल्ने निर्णय हुनेछ । सन्दीपले जारी आईपीएलमा ६ खेलमा ७ विकेट लिएका छन् । आईपीएलमा समग्रमा उनले १२ विकेट लिइसकेका छन् ।
लिग चरणमा भएका दुई खेलमा दिल्ली र हैदराबादले एक–एक खेल जितेका छन् । पहिलो खेल हैदराबादले दिल्लीको घरेलु मैदानमा ५ विकेटले जितेको थियो भने हैदराबादमा दिल्ली ३९ रनले विजयी भएको थियो ।
May 8, 2019 9:55 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन