इण्डियन प्रिमियर लिग : दिल्ली र हैदराबादकाे प्रतिस्पर्धा, सन्दीप खेल्ने सम्भावना कति ?
 इण्डियन प्रिमियर लिग आईपीएलको इलिमिनेटर खेल अन्तर्गत सन्दीप लामिछाने सम्मिलित टोली दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादसँग बुधबार खेल्दैछ । यस खेलको विजेता टोलीले फाइनल प्रवेशका लागि चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित भएपछि चेन्नईले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नु परेको हो ।
लिग चरणमा तेस्रो र चौथो स्थानमा रहेका दिल्ली र हैदराबादबीचको खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजेदेखि बिसाखापटनमस्थित डाक्टर राजाशेखारा क्रिकेट रंगशालामा हुनेछ ।युवा खेलाडीले भरिएको दिल्ली टिम पहिलोपल्ट आईपीएलको फाइनलका लागि अग्रसर छ । रिक्की पोन्टिङ र सौरभ गांगुलीले दिल्लीका युवा खेलाडीलाई एउटा लय दिएका छन् प्लेअफमा मुम्बई र चेन्नईसँगै समान १६ अंक भएर पनि दिल्ली रनरेटमा पछि रहँदै इलिमिनेटर खेल्नु परेको हो ।
डेविड वार्नर प्रेरित दिल्लीको ब्याटिङ लाइन उत्कृष्ट छ । बलिङतर्फ रशिद खानले नेतृत्व लिनेछन् । दिल्लीका कप्तान श्रीयास आयर, रिशभ पन्त लगायतका युवा खेलाडीमा उसको प्रदर्शन निर्भर हुनेछ ।
दक्षिण अफ्रिकाका कागिसो रावाडा विश्वकप तयारीका लागि स्वदेश फर्किएपछि दिल्लीले त्यसको मूल्य चुकाउनुपर्ने हुनसक्छ ।नेपाली युवा स्पिनर सन्दीप लामिछाने पछिल्लो ३ खेलदेखि सुरुआती सेटमा स्थान बनाउन असफल छन् । विकेटको अवस्था अनुसार बुधबार उनी खेल्ने नखेल्ने निर्णय हुनेछ । सन्दीपले जारी आईपीएलमा ६ खेलमा ७ विकेट लिएका छन् । आईपीएलमा समग्रमा उनले १२ विकेट लिइसकेका छन् ।
लिग चरणमा भएका दुई खेलमा दिल्ली र हैदराबादले एक–एक खेल जितेका छन् । पहिलो खेल हैदराबादले दिल्लीको घरेलु मैदानमा ५ विकेटले जितेको थियो भने हैदराबादमा दिल्ली ३९ रनले विजयी भएको थियो ।
May 8, 2019 9:55 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
						भर्खरै प्रकाशित
			  		निकाेलस भुसाल गाेरखाबाट पक्राउ
			  		तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
			  		बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
			  		शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
			  		कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
			  		कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
			  		संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
			  		प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार