प्रेमगीत ३ मा नायिका हुन चाहनेकाे लाइन ! धेरै आवेदनले सर्भरसमेत डाउन
काठमाण्डाै – सुपरहिट फिल्म सिरिज प्रेमगीत ३ खेल्न युवतीको चर्को प्रतिष्पर्धा देखिएको छ । आउँदो चैत २८ को रिलिज डेट तोकेर निर्माण हुन लागेको ‘प्रेमगीत ३’मा नयाँ नायिकाको खोजी भइरहेको छ । निर्माता सन्तोष सेनले केही दिनअघि ‘प्रेमगीत ३’ निर्माणको घोषणा गर्दै फिल्ममा नयाँ नायिकाका लागि आवेदन खोलिएको बताएका थिए । नायक प्रदिप खड्कासँग ‘स्क्रीन शेयर’ गर्ने युवतीले आसुसेन फिल्मसको वेबसाइट aasusenfilm.com मा आवेदन पठाउनुपर्ने पनि उनले बताएका थिए ।
तर नयाँ नायिकाका लागि आवेदन मागिएको तीन दिनमै आसुसेन फिल्मसको वेबसाइट सर्भर डाउन भएको निर्माता सेनले बताएका छन् । मंगलबार फेसबुकमा स्टाट्स पोष्ट गर्दै सेनले नयाँ नायिकाका लागि इमेलमा आवेदन दिन पनि आग्रह गरेका छन । प्रेमगीतमा प्रदीप खड्का र पूजा शर्माले अभिनय गरेका थिए । प्रेमगीत २ मा भने प्रदीपसँग अश्लेषा ठकुरीले रोमान्स गरेकी थिइन् ।
May 8, 2019 10:28 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।