तीन दिन नेपाल–भारत सीमा नाका बन्द हुने
 कपिलवस्तु – नेपाल भारत सीमा ३ दिनका लागि बन्द हुने भएको छ । शुक्रबार बिहान ७ बजेदेखि आइतबार साँझ ५ बजेसम्म सीमा नाका बन्द गरिने सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले बताउनु भयो ।
भारतको उत्तर प्रदेश राज्य सिद्धार्थनगर जिल्लामा हुने चुनावको सुरक्षालाई मध्यनजर गर्दे कपिलवस्तुको सीमा नाका बन्द गरिन लागेको उहांले बताउनुभयो । दुई देशका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरुको सहमतिमा सीमा नाका बन्द गर्न लागिएको हो ।
भारतको सिद्धार्थनगर जिल्लासँग सीमा जोडिएका कपिलवस्तु र रुपन्देही अन्तर्गतका नेपाली सीमा नाका तीन दिन बन्द गरिने छ । तर यो अवधिमा बिरामी बोकेका एम्बुलेन्स र अत्यावश्यक काममा दुवै देशका सुरक्षाकर्मीको समन्वय गरी आवत–जावत गर्ने व्यवस्था मिलाइएको अर्यालले बताउनुभयो । तर यो अवधिमा अन्य कुनै प्रकारको ओसार पसार तथा आवतजावत भने पूर्ण रुपमा बन्द रहने छ ।
सीमा क्षेत्रमा कुनै पनि प्रकारका अवैध गतिविधिहरु सञ्चालन हुन नदिन दुवै देशका सीमा क्षेत्रका सुरक्षाकर्मीहरुको संयुक्त गस्ती र निगरानी समेत बढाइएको सशस्त्र प्रहरी वल सीमा सुरक्षा कार्यालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारीले बताउनुभयो ।
May 9, 2019 11:39 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
						भर्खरै प्रकाशित
			  		निकाेलस भुसाल गाेरखाबाट पक्राउ
			  		तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
			  		बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
			  		शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
			  		कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
			  		कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
			  		संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
			  		प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार