अहिले आएर बल्ल जुर्यो सलमान र दिपिकाको जोडी, पहिलोपटक एकसाथ काम गर्ने
एजेन्सी । दीपिका पादुकोण आजकाल रिप्लेसमेन्टका लागि चर्चामा छाइरहिन्छन् । हालै, उनले अनुराग बसुको ‘इमली’ फिल्ममा कंगना रनोटलाई रिप्लेस गरेको खबर आएको थियो । अब चर्चा यो छ कि उनले सलमान खानको ‘किक टु’ मा ज्याकलिन फर्नान्डिजलाई रिप्लेस गर्ने भएकी छिन् । स्रोतलाई मान्ने हो भने दीपिकालाई किक टुका निर्माताले फिल्मका लागि एक महत्वपूर्ण भूमिकाका लागि कुरा गरिरहेका छन् ।
यो फिल्मको पहिलो भाग साजिद नाडियाडवालाले निर्माण गरेका थिए र उनले गत वर्ष किक टुको घोषणा गरेका थिए । यद्यपी, स्क्रिप्ट तयार नहुँदा र सलमान व्यस्त भएकाले फिल्म रोकिएको थियो । अब स्क्रिप्ट तयार भइसकेको छ सलमान चाँडै नै यसका लागि नायिकालाई फाइनल गर्ने तयारीमा छन् । यसैबीच दीपिकालाई पनि फिल्ममा अनुबन्ध गर्ने प्रयास भइरहेको छ ।
स्मरण रहोस्, दीपिकालाई यो फिल्मको पहिलो पार्ट किकका लागि पनि अप्रोच गरिएको थियो तर व्यस्त समयतालिकाका कारण उनले फिल्ममा अभिनय गर्न सकेकी थिइनन् । यसअघि भंसालीको फिल्म ‘इंशाअल्लाह’ का लागि पनि दीपिका सलमान देखिने चर्चा थियो तर फिल्ममा आलियाको इन्ट्री भयो । ज्याकलिनलाई दीपिकाले रिप्लेस गर्ने खबरबीच यो पनि चर्चा छ कि फिल्ममा दीपिका र ज्याकलिन दुबै सँगै पनि देखिनसक्छन् । यो फिल्ममा दीपिकाको भूमिका शक्तिशाली हुने पनि बताइएको छ । दीपिका र ज्याकलिन यसअघि पनि ‘रेस टु’ मा सँगै काम गरिसकेका छन् ।
May 9, 2019 11:54 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।