

‘दुश्मनी’ बिर्सिएर एकसाथ काम गर्ने तयारीमा सलमान खान र अर्जुन कपूर ! हेर्नुहोस फोटो फिचर

राजनीतिमा जस्तै बलिउडमा पनि मित्रता र दुश्मनी स्थायित्व रहँदैन । बलिउडमा मित्रता र सम्बन्धहरु समय, परिस्थिति र हैसियतका हिसाबले बदलिरहन्छन् । केही वर्षअघि एकअर्काका कट्टर दुश्मन मानिने सलमान खान र शाहरुख खान अहिले घनिष्ट साथी बनिसकेका छन् । खबरहरुका अनुसार, अहिले फेरि सलमानसँगको दुश्मनी बिर्सिएर फिल्म निर्माता बोनी कपूरका छोरा अर्जुन कपूर र सलमानबीचको शीतयुद्ध अब छिट्टै नै मित्रतामा बदलिँदैछ । छिट्टै नै सलमान खान र अर्जुन कपूर एकसाथ काम गर्न लागेको चर्चा चुलिएको छ ।
१४ वर्षअघिको सुपरहिट फिल्म ‘नो एन्ट्री’ को सिक्वेलमा सलमान खान र अर्जुन कपूरको एकसाथ देखिने सम्भावना रहेकाे छ । खबरहरुका अनुसार, निर्माता बोनी कपूरको यस प्रोजेक्टमा सलमान र अर्जुन एकसाथ काम गर्नेछन् । यस फिल्मको छायाँकनको काम यस वर्षको अन्त्यतिर वा अर्को वर्षको सुरुवातबाट गरिनेछ ।
फिल्म ‘नो एन्ट्री’ मा जुन भूमिका फरदीन खानले निर्वाह गरेका थिए, सो भूमिकाको लागि अर्जुन कपूरलाई कास्ट गरिनेछ । अनिल कपूरका साथै सलमान खान र अर्जुन कपूर गुरु चेलाको भूमिकामा देखिन सक्नेछन् । सलमान खान र अर्जन कपूरबीच चलिरहेको शीतयुद्ध मित्रतामा बदलिएमा दर्शकहरुलाई यो फिल्म अझै रोचक हुनेछ ।
यसकारण बिग्रिएको थियो सलमान र अर्जुनबीचको सम्बन्ध
अर्जुन कपूरलाई बलिउडमा स्थापित गराउनका लागि सलमान खानको ठूलो हात रहेको छ । अर्जुन कपूरलाई बलिउडमा ल्याउनका लागि सलमानले नै उनलाई ट्रेनिङ दिएका थिए । त्यसै क्रममा उनले सलमानकी बहिनी अर्पितालाई डेट गरे । तर त्यसको केही समयमै उनले अर्पितासँग ब्रेकअप गरे । साथै एक अनलाइन शोमा अर्पितामाथि भद्दा कमेन्ट र अश्लील जोक सुनाएका थिए ।
त्यपछि पनि सलमान खानको घरमा गएर उनका परिवारसँग घुलमिल भएर अरबाज खानसँग पनि मित्रता गाँसेर उनकी श्रीमतीसँग नजिकिएका थिए । सलमान खानले अर्जुन कपूरलाई चेतावनी दिएपछि उनी केही समयका लागि टाढिएका थिए । तर पछि मलाइकाले अरबाजसँग सम्बन्ध विच्छेद गरेर तीनै अर्जुन कपूरका साथ खुल्लमखुल्ला हिँड्न थाले । तसर्थ सलमान खान भाइ अरबाज र मलाइकाको सम्बन्ध विच्छेदको कारण अर्जुन कपूरलाई नै मान्दछन् ।
केही समय अघि सलमान खानले बोनी कपूर र अर्जुन कपूरलाई आफ्नो घर आउन नै प्रतिबन्ध लगाइदिएका थिए । अर्जुन कपूर र सलमान खानको कुनै पार्टी वा कार्यक्रममा भेट हुँदा पनि सलमान अर्जुनलाई बेवास्ता गरेर अघि बढ्थे भने अर्जुन कपूर सलमानदेखि टाढा वा त्यहाँबाट बाहिर निस्कन्थे । बोनी कपूरले एकपटक आफ्नो प्रोजेक्टका लागि सलमानसँग कुरा राख्दा पनि ठाडै अस्वीकार गरिदिएका थिए ।
May 9, 2019 4:46 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

