‘दुश्मनी’ बिर्सिएर एकसाथ काम गर्ने तयारीमा सलमान खान र अर्जुन कपूर ! हेर्नुहोस फोटो फिचर
राजनीतिमा जस्तै बलिउडमा पनि मित्रता र दुश्मनी स्थायित्व रहँदैन । बलिउडमा मित्रता र सम्बन्धहरु समय, परिस्थिति र हैसियतका हिसाबले बदलिरहन्छन् । केही वर्षअघि एकअर्काका कट्टर दुश्मन मानिने सलमान खान र शाहरुख खान अहिले घनिष्ट साथी बनिसकेका छन् । खबरहरुका अनुसार, अहिले फेरि सलमानसँगको दुश्मनी बिर्सिएर फिल्म निर्माता बोनी कपूरका छोरा अर्जुन कपूर र सलमानबीचको शीतयुद्ध अब छिट्टै नै मित्रतामा बदलिँदैछ । छिट्टै नै सलमान खान र अर्जुन कपूर एकसाथ काम गर्न लागेको चर्चा चुलिएको छ ।

१४ वर्षअघिको सुपरहिट फिल्म ‘नो एन्ट्री’ को सिक्वेलमा सलमान खान र अर्जुन कपूरको एकसाथ देखिने सम्भावना रहेकाे छ । खबरहरुका अनुसार, निर्माता बोनी कपूरको यस प्रोजेक्टमा सलमान र अर्जुन एकसाथ काम गर्नेछन् । यस फिल्मको छायाँकनको काम यस वर्षको अन्त्यतिर वा अर्को वर्षको सुरुवातबाट गरिनेछ ।
फिल्म ‘नो एन्ट्री’ मा जुन भूमिका फरदीन खानले निर्वाह गरेका थिए, सो भूमिकाको लागि अर्जुन कपूरलाई कास्ट गरिनेछ । अनिल कपूरका साथै सलमान खान र अर्जुन कपूर गुरु चेलाको भूमिकामा देखिन सक्नेछन् । सलमान खान र अर्जन कपूरबीच चलिरहेको शीतयुद्ध मित्रतामा बदलिएमा दर्शकहरुलाई यो फिल्म अझै रोचक हुनेछ ।
यसकारण बिग्रिएको थियो सलमान र अर्जुनबीचको सम्बन्ध

अर्जुन कपूरलाई बलिउडमा स्थापित गराउनका लागि सलमान खानको ठूलो हात रहेको छ । अर्जुन कपूरलाई बलिउडमा ल्याउनका लागि सलमानले नै उनलाई ट्रेनिङ दिएका थिए । त्यसै क्रममा उनले सलमानकी बहिनी अर्पितालाई डेट गरे । तर त्यसको केही समयमै उनले अर्पितासँग ब्रेकअप गरे । साथै एक अनलाइन शोमा अर्पितामाथि भद्दा कमेन्ट र अश्लील जोक सुनाएका थिए ।
त्यपछि पनि सलमान खानको घरमा गएर उनका परिवारसँग घुलमिल भएर अरबाज खानसँग पनि मित्रता गाँसेर उनकी श्रीमतीसँग नजिकिएका थिए । सलमान खानले अर्जुन कपूरलाई चेतावनी दिएपछि उनी केही समयका लागि टाढिएका थिए । तर पछि मलाइकाले अरबाजसँग सम्बन्ध विच्छेद गरेर तीनै अर्जुन कपूरका साथ खुल्लमखुल्ला हिँड्न थाले । तसर्थ सलमान खान भाइ अरबाज र मलाइकाको सम्बन्ध विच्छेदको कारण अर्जुन कपूरलाई नै मान्दछन् ।
केही समय अघि सलमान खानले बोनी कपूर र अर्जुन कपूरलाई आफ्नो घर आउन नै प्रतिबन्ध लगाइदिएका थिए । अर्जुन कपूर र सलमान खानको कुनै पार्टी वा कार्यक्रममा भेट हुँदा पनि सलमान अर्जुनलाई बेवास्ता गरेर अघि बढ्थे भने अर्जुन कपूर सलमानदेखि टाढा वा त्यहाँबाट बाहिर निस्कन्थे । बोनी कपूरले एकपटक आफ्नो प्रोजेक्टका लागि सलमानसँग कुरा राख्दा पनि ठाडै अस्वीकार गरिदिएका थिए ।
May 9, 2019 4:46 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।