अष्ट्रेलियाको बैंकबाट राजीनामा दिएर नेपाल आएकी अनुष्का श्रेष्ठ बनिन् ‘मिस नेपाल २०१९’
काठमाडौं, अब भने अनुष्काले मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने छिन् । उनी मिस नेपालको प्रतिस्पर्धामा सहभागी हुनका लागि आफूले काम गरिरहेको अस्ट्रेलियाको बैँकबाट राजीनामा दिएर आएकी थिइन् । उनी अस्ट्रेलियाको कमनवेल्थ बैँकमा अडिट एडमिनिस्ट्रेटर थिइन् ।
कार्यक्रमका मुख्य निर्णायक इला शर्माले सोधेको ‘हामीले अधिकार भन्दा कर्तव्यलाई ध्यान दियौं भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के भन्नुहुन्छ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै अनुष्काले उक्त उपाधि जितेकी हुन् ।
प्रतिस्पर्धामा सहभागी भएका २५ सुन्दरीमध्ये टप ७ मा पुगेका मध्ये ५ जनालाई विभिन्न उपाधि दिइएको थियो । यसैगरि प्रदिप्ता अधिकारीले ‘मिस नेपाल यूनिभर्स’, रिया बस्नेतले ‘मिस नेपाल अर्थ’ र मिरा कक्षपतिले ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि जित्न सफल भएका छन् ।
यस्तै अनुष्का श्रेष्ठले ‘मिस फ्यासिनो ‘, निशा पाठकले ‘मिस कन्फिडेन्स’, प्रदिप्ता अधिकारीले ’मिस ट्यालेन्ट’ र निकिता कर्माचार्यले ‘ब्युटी विथ प्रपोज’को उपाधि जितेका हुन् ।बिहीबार राति मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २४ सुन्दरीलाई पछि पार्दै ‘मिस नेपाल २०१९’ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन् । मिस नेपाल २०१८ की शृंखला खतिवडाले मिस नेपालको ताज अनुष्कालाई पहिराएकी थिइन् ।
May 10, 2019 12:07 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन