Sunday 24th August 2025

अष्ट्रेलियाको बैंकबाट राजीनामा दिएर नेपाल आएकी अनुष्का श्रेष्ठ बनिन् ‘मिस नेपाल २०१९’

6 years अगाडी

काठमाडौं, अब भने अनुष्काले मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने छिन् । उनी मिस नेपालको प्रतिस्पर्धामा सहभागी हुनका लागि आफूले काम गरिरहेको अस्ट्रेलियाको बैँकबाट राजीनामा दिएर आएकी थिइन् । उनी अस्ट्रेलियाको कमनवेल्थ बैँकमा अडिट एडमिनिस्ट्रेटर थिइन् ।

कार्यक्रमका मुख्य निर्णायक इला शर्माले सोधेको ‘हामीले अधिकार भन्दा कर्तव्यलाई ध्यान दियौं भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के भन्नुहुन्छ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै अनुष्काले उक्त उपाधि जितेकी हुन् ।

प्रतिस्पर्धामा सहभागी भएका २५ सुन्दरीमध्ये टप ७ मा पुगेका मध्ये ५ जनालाई विभिन्न उपाधि दिइएको थियो । यसैगरि प्रदिप्ता अधिकारीले ‘मिस नेपाल यूनिभर्स’, रिया बस्नेतले ‘मिस नेपाल अर्थ’ र मिरा कक्षपतिले ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि जित्न सफल भएका छन् ।

यस्तै अनुष्का श्रेष्ठले ‘मिस फ्यासिनो ‘, निशा पाठकले ‘मिस कन्फिडेन्स’, प्रदिप्ता अधिकारीले ’मिस ट्यालेन्ट’ र निकिता कर्माचार्यले ‘ब्युटी विथ प्रपोज’को उपाधि जितेका हुन् ।बिहीबार राति मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २४ सुन्दरीलाई पछि पार्दै ‘मिस नेपाल २०१९’ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन् । मिस नेपाल २०१८ की शृंखला खतिवडाले मिस नेपालको ताज अनुष्कालाई पहिराएकी थिइन् ।

          May 10, 2019 12:07 pm | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...