सम्बन्ध विच्छेद माग्दै मुद्दा दर्ता गर्ने पुरुषकाे संख्या बढ्याे
लमजुङ – नयाँ मुलुकी संहिता कार्यान्वयनसँगै अहिलेसम्म जिल्ला अदालतमा १४५ जोडीले सम्बन्धविच्छेदका मुद्दा दर्ता गरेको जिल्ला अदालत लमजुङले जनाएको छ ।विगतमा महिलाले सम्बन्धविच्छेद गर्दै आए पनि नयाँ कानुनसँगै महिलाजस्तै पुरुषलाई सहज भएपछि पछिल्लो समय जिल्लामा पुरुषद्वारा सम्बन्धविच्छेद गर्नेक्रम बढ्दै गएको छ ।
मुद्दामध्ये ४२ पुरुषले दर्ता गरेका छन् । ४२ मध्ये १२ सम्बन्धविच्छेद भइसकेको र ३० मुद्दा बाँकी रहेको श्रेस्तेदार शाखा अधिकृत जगतबहादुर भण्डारीले बताउनुभयो । पुरुषद्वारा सम्बन्धविच्छेदको मुद्दा देवानी लागू हुनुअघि एक/दुई पुरुषको आउने गरेकामा नयाँ कानुनसँगै पुरुषले पनि महिलाले जस्तै गरी सम्बन्धविच्छेदको मुद्दा दिन थालेकाे उहाँले बताउनुभयाे
त्यस्तै देवानी संहिता ऐन, २०७४ लागू भएपछि वैशाख २७ गतेसम्म महिलाले १०३ सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेका छन् । त्यसमध्ये ७८ सम्बन्धविच्छेदका मुद्दा फछ्र्यौट भई मिलापत्र गरिएको र २५ बाँकी रहेको श्रेस्तेदार शाखा अधिकृत भण्डारीले बताउनुभयो । महिला र पुरुष गरी १४५ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा ५५ मुद्दाको छिनोफानो हुन बाँकी छ । बालविवाह, बहुविवाह, वैदेशिक रोजगार, आधुनिक जीवनशैलीको नक्कल, इन्टरनेटको बढ्दो प्रयोग, देखावटीजस्ता कारणले सम्बन्धपिवछेदका घटना बढ्दै गएको जिल्ला अदालतले जनाएको छ । विसं २०७२/७३ मा सम्बन्धविच्छेदका मुद्दा ११६ परेको थियो । त्यस्तै २०७३/७४ मा १०८, २०७४/७५ मा १५१ मुद्दा दर्ता भएको जिल्ला अदालत लमजुङले जनाएको छ ।
May 11, 2019 11:25 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन