‘दबंग ३’मा ‘मुन्ना’ भएर आइटम डान्स गर्दै सलमान
सलमान अहिले आफ्नो चलचित्र ‘दबंग ३’को छायांकनमा व्यस्त रहेका छन् । भारतीय मिडिया अनुसार सलमानले यस फिल्मबाट आफ्ना फ्यानहरुका लागि एक नयाँ सरप्राइज दिने खबर सार्वजनिक भएको छ ।सार्वजनिक भएको खवरअनुसार सलमान खान ‘दबंग ३’मा आइटम डान्स गर्ने भएका छन् । सलमानले आफ्नो अभिनय र गायनबाट दर्शकको मन जित्न सफल भएका थिए । ‘दबंग ३’ ‘दबंग’ र ‘दबंग २’को सिक्वेल रहेको छ । ‘दबंग’मा मलाइका अरोराले ‘मुन्नी बदनाम हुई’ र ‘दबंग २’मा करिना कपुर खानले ’फेभिकल’ नामक आइटम गीतमा डान्स गरेका थिए । अब भने सलमानले ‘दबंग ३’ मलाइकाले गरेको गीत ‘मुन्नी बदनाम हुई’लाइ रिक्रिएट गरिने भएको छ ।
गीतमा ‘मुन्नी’ भन्ने शब्दको ठाउँमा ‘मुन्ना’ राखिने भएको छ र उक्त गीतको ‘मुन्ना’ सलमान आफै बनेर नाच्ने भएका छन् । प्रभु देवाले निर्देशन गरिरहेका ‘दबंग ३’ लाई अरबाज खानले निर्माण गरिरहेका छन् । उक्त फिल्ममा सलमान खानका साथ सोनाक्षी सिन्हा, माही गिल, टिनु आनन्द र अरबाज खान लगायतको कलाकारहरुको मुख्य भूमिका रहेको छ । ‘दबंग ३ ‘ यस वर्षको डिसेम्बरमा २० मा रिलिज हुने भएको छ ।
May 11, 2019 3:17 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार