‘दबंग ३’मा ‘मुन्ना’ भएर आइटम डान्स गर्दै सलमान
सलमान अहिले आफ्नो चलचित्र ‘दबंग ३’को छायांकनमा व्यस्त रहेका छन् । भारतीय मिडिया अनुसार सलमानले यस फिल्मबाट आफ्ना फ्यानहरुका लागि एक नयाँ सरप्राइज दिने खबर सार्वजनिक भएको छ ।सार्वजनिक भएको खवरअनुसार सलमान खान ‘दबंग ३’मा आइटम डान्स गर्ने भएका छन् । सलमानले आफ्नो अभिनय र गायनबाट दर्शकको मन जित्न सफल भएका थिए । ‘दबंग ३’ ‘दबंग’ र ‘दबंग २’को सिक्वेल रहेको छ । ‘दबंग’मा मलाइका अरोराले ‘मुन्नी बदनाम हुई’ र ‘दबंग २’मा करिना कपुर खानले ’फेभिकल’ नामक आइटम गीतमा डान्स गरेका थिए । अब भने सलमानले ‘दबंग ३’ मलाइकाले गरेको गीत ‘मुन्नी बदनाम हुई’लाइ रिक्रिएट गरिने भएको छ ।
गीतमा ‘मुन्नी’ भन्ने शब्दको ठाउँमा ‘मुन्ना’ राखिने भएको छ र उक्त गीतको ‘मुन्ना’ सलमान आफै बनेर नाच्ने भएका छन् । प्रभु देवाले निर्देशन गरिरहेका ‘दबंग ३’ लाई अरबाज खानले निर्माण गरिरहेका छन् । उक्त फिल्ममा सलमान खानका साथ सोनाक्षी सिन्हा, माही गिल, टिनु आनन्द र अरबाज खान लगायतको कलाकारहरुको मुख्य भूमिका रहेको छ । ‘दबंग ३ ‘ यस वर्षको डिसेम्बरमा २० मा रिलिज हुने भएको छ ।
May 11, 2019 3:17 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।