यस्ता संकेत देख्नुभयो भने सम्झनुहोस् अवश्य केही राम्रो हुँदैछ !
– बिहानै उठेर तपाईको पहिलो नजर दुध या दहीले भरिएको भाँडोमा पर्छ भने सम्झनुहोस् केही शुभ हुनेवाला छ ।
– विहानै शंख, मन्दिरको घन्टीको आवाज सुनिनु पनि शुभको संकेत हो ।
– यदि कुनै व्यक्तिलाई विहान उठ्नेवित्तिकै उखुको बोट तथा उखु देखिन्छ भने पनि भिवष्यमा धन सम्बन्धी मामलामा सफलता प्राप्त हुने छ ।
– यदि कुनै व्यक्तिलाई सपनामा पटक–पटक पानी, हरियाली, लक्ष्मीको वाहन उल्लू देखिन्छ भने सम्झनुहोस् कि आउने समयमा तपाईको धनसम्बन्धी सबै समस्या हट्ने छ ।
– यदि तपाई कुनै काम विशेषका लागि बाहिर निस्किनुभयो र बाटामा रातो सारीसहित सोह्र श्रृंगारमा कुनै महिला देखिइन् भने यो पनि महालक्ष्मीको कृपाको इसारा हो । विहान विहानै यस्तो देख्न पाइयो भने त्यो दिन तपाईका लागि महत्वपूर्ण बन्ने छ ।
– नारिवल, शंख, मयूर, हाँस, फूल आदि चीज–वस्तु विहान विहानै देखिन्छन् भने यो पनि शुभ संकेत हो ।
– शास्त्रका अनुसार शुक्रवार महालक्ष्मीको पूजा गर्दा विशेष कृपा प्राप्त हुन्छ । यो दिन यदि कुनै कन्याले तपाईलाई सिक्का दिइन भने पनि यो शुभ संकेत हो ।
– यदि घरबाट निस्कदा बाटोमा गाई देखिन्छ भने पनि यो शुभ संकेत हो । यदि गाई सेतो रंगको छ भने त यो झन धेरै शुभको संकेत हुन्छ ।
– यदि कुनै व्यक्तिलाई सपनामा सेतो तथा सुनजस्तो सर्प देखिन्छ भने पनि यो महालक्ष्मीको कृपा प्राप्त हुने संकेत हो ।
– यदि घरबाट निस्कनेवित्तिकै कुनै सफाईकर्मी (सरसफाई गर्ने व्यक्ति) देखिए भने पनि यो शुभ संकेत हुन्छ ।
May 11, 2019 3:50 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो