

प्यूठानमा नेपाली काँग्रेसको ‘ राष्ट्रिय जागरण अभियान’ सुरू

प्यूठान – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्यूठानमा राष्ट्रिय जागरण अभियान सुरू गरेको छ । मुलुकभर एकसाथ ‘हिमाल, पहाड, तराई मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ अन्तर्गत हिजो प्यूठानको बरौलामा नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा . गोविन्द राज पोख्रेले कार्यक्रमको उद्घाटन गरेका हुन् ।
अभियानको सुरुवात गर्दै केन्द्रिय सदस्य पोख्रेलले पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टीमा एकता तथा सुदृढीकरणका गतिविधि अघि बढाउने, काँग्रेसको नेतृत्वमा मुलुकले हाँसिल गरेका राजनैतिक उपलब्धि एवं समृद्धिको सम्प्रेषण गर्ने उद्देश्य रहेको बताए । देशका सबै जिल्ला, क्षेत्र, गाउँ/नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान २०७६ सालभर तीन चरणमा सम्पन्न हुने उनले बताए ।
अभियानमा ऐरावती गाउँ पालिका अध्यक्ष नबिल बिक्रम शाह , वडा अध्यक्ष चन्द्र रोका , केन्द्रिय प्रतिनिधीहरु , नेपाली काङ्ग्रेसमा आस्तवान राख्ने गाउँवासी हरुको उपस्थित रहेको थियो ।
पहिलो चरणको कार्यक्रम जिल्ला केन्द्रीत, दोस्रो चरण प्रदेश निर्वाचन क्षेत्र र तेस्रो चरणको अभियान स्थानीय तह केन्द्रीत हुनेछ । जसका लागि जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिलाई एक महिना जिल्लामै बस्न पार्टीले निर्देशन दिएको छ । अभियान सफल बनाउन काँग्रेसले सबै भातृसंगठनलाई परिचालन पनि गरेको छ । दोस्रो चरण भदौ २४ गते बीपी जयन्तीको दिनदेखि असोज ७ सम्म र तेस्रो पुस ७ देखि पुस १६ गते मेलमिलाप दिवससम्मका जागरण अभियानको कार्यसचूी सार्वजनिक गरेको छ ।
पहिलो चरणअन्तर्गत ७७ जिल्ला, दोस्रो चरणमा ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र र तेस्रो चरणमा ७ सय ५३ स्थानीय तहमा जागरण अभियान सञ्चालन हुनेछ ।पार्टीका शीर्ष नेताले सात वटै प्रदेशबाट अभियानको आरम्भ गर्ने काँग्रेसले जनाएको छ ।
May 11, 2019 5:37 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

