

वस्तुगत प्रश्नोत्तर : विष्णुका दश अवतार के–के हुन् ?

१. ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔँ, शान्तिको सन्देश फैलाऔँ’ नारासहित प्रदेश ५ सरकारले मनाउने घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ कहिलेदेखि सुरु गरिने भएको छ ?
– वि.सं. २०७६ जेठ ४ । (वि.सं. २०७६ को बुद्ध पूर्णिमाका दिन उद्घाटन गरी अर्को वर्षको चैत शुक्ल पूर्णिमासम्म विभिन्न कार्यक्रम गरी भ्रमण वर्ष मनाइने छ ।)
२. आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटतर्फको उपाधि कसले जित्यो ?
– एपीएफ (उपविजेता ः नेपाल पुलिस क्लब)
(आठौँ राष्ट्रिय खेलकुदमा पुरुष फुटवलतर्फ विभागीय टोली नेपाल आर्मी विजयी भएको छ । नेपाल पुलिस क्लब १–० गोल अन्तरले पराजित हुन पुगेको । आर्मीको जितका लागि विकास तामाङले खेलको एक मात्र निर्णायक गोल गरेका ।)
३. नेपाल सरकारद्वारा वैदेशिक रोजगारसम्बन्धी गुनासो सुनुवाइका लागि ‘कल सेन्टर’ कहिलेदेखि सञ्चालनमा ल्याइएको हो ?
– वि.सं. २०७५ चैत १८ ।
४. विश्व खुसी सूचकाङ्क, २०१९ अनुसार नेपाल कुन स्थानमा रहेको छ ?
–१०० औँ ।
५. बैङ्क अफ द इयर २०१८ बाट सम्मानित नेपालको बाणिज्य बैङ्क कुन हो ?
– नेपाल इन्भेस्टमेन्ट बैङ्क ।
६. भन्सार विभागले बैदेशिक व्यापारमा निकासी पैठारी सङ्केत नम्बर (एक्जिम कोड) अनिवार्य गर्ने व्यवस्था कहिलेदेखि सुरु गरेको हो ?
– वि.सं. २०७४ साउन १ । (वैदेशिक व्यापारलाई प्रवद्र्धन गरी निकासी पैठारी कार्यलाई पारदर्शी, व्यवस्थित र सरलीकृत बनाइ व्यावसायिक कारोबारमा प्रयोग हुने कागजातको सङ्ख्यालाई घटाउने उद्देश्यले सङ्केत नम्बर लागू गरिएको ।)
७. प्रिज्मको प्रयोग गरी सूर्यको प्रकाशबाट विभिन्न सात रङका किरणहरू छुट्याउने प्रक्रियालाई के भनिन्छ ?
– प्रकाश विच्छेदन ।
८. औँसीदेखि पूर्णिमासम्मको समयावधिलाई के भनिन्छ ?
– शुक्ल पक्ष । (पूर्णिमादेखि औँसीसम्मको समयावधिलाई कृष्ण पक्ष (डार्क हाल्फ) भनिन्छ । शुक्ल पक्षमा चन्द्रमाको उज्यालो भाग क्रमशः बढ्दै जान्छ भने कृष्ण पक्षमा चन्द्रमाको उज्यालो भाग क्रमशः घट्दै जान्छ ।)
९. नेपालमा सर्वप्रथम जनगणना लिने संस्था कुन हो ?
– सेन्सस गोश्वारा ।
– नेपालमा जनगणना वि.सं. १९६८ देखि सुरु भएको हो ।
–. नेपालमा चौथो जनगणना (वि.सं. १९९८) सम्म ‘हेड काउन्ट’को रूपमा गणना गर्ने गरिएकोमा
पाँचाँै (२००९ र ११)बाट वैज्ञानिक गणना सुरु गरिएको हो ।
– नेपालमा सुरुआती चरणमा सेन्सस गोश्वाराले जनगणना लिने गरेकोमा वि.सं. २०१८ बाट केन्द्रीय तथ्याङ्क विभागले यो कार्य गर्दै आएको छ ।
– वि.सं. २०२८ बाट जनगणनामा कम्प्युटरको प्रयोग गर्न थालिएको हो ।
१०. अन्तरिक्षमा पुग्ने पहिलो व्यक्ति को हुन् ?
– युरी गागरिन (रुस), सन् १९६१ ।
११. ‘नयाँ सङ्कटपछि मात्र नयाँ प्राप्तिको प्रादूर्भाव हुनसक्छ’ भन्ने विचारक को हुन् ?
– फ्रेडरिक एङ्गेल्स ।
१२. एम्नेस्टी इन्टरनेसनलको स्थापना कहिले भएको हो ?
– सन् १९६१ मे २८ ।
– बेलायती वकिल पिटर वेनेनसनले स्थापनाको पहलकदमी गर्नुभएको थियो ।
– यसको प्रधान कार्यालय बेलायतको लन्डनमा रहेको छ ।
– यस सङ्गठनले सन् १९७७ मा नोवल शान्ति पुरस्कार प्राप्त गरेको थियो ।
– मानव अधिकारको संरक्षणलाई प्रोत्साहित गरी राजनीतिक बन्दीहरूको सहायता गर्ने उद्देश्य रहेको यस सङ्गठनको १५० भन्दा बढी राष्ट्रमा ७० लाखभन्दा बढी सदस्य तथा समर्थक रहेका छन् ।
१३. न्युक्लियर्स सप्लायर्स ग्रुप (एनएसजी) को स्थापना कहिले भएको हो ?
– सन् १९७४ मे ।
१४. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट अलग हुने घोषणा कहिले गर्नुभएको थियो ?
– सन् २०१७ जुन १ ।
– ट्रम्पले ह्वाइट हाउसमा बोल्दै सो सम्झौता अमेरिकाको हितमा नभएको बताउँदै सम्झौताबाट अलग हुने घोषणा गर्नुभएको । विपक्षीहरूले भने ट्रम्पको निर्णयलाई एउटा जल्दोबल्दो अन्तर्राष्ट्रिय चुनौतीबाट भागेको आरोप लगाएका छन् । साथै ट्रम्पको यस निर्णयको अन्तर्राष्ट्रिय स्तरमा व्यापक आलोचना भएको ।
– जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी पेरिस सम्झौता कार्यान्वयन गर्न वर्तमान अमेरिकी प्रशासनले आनाकानी गरिरहँदा चीन र युरोपेली सङ्घले सम्झौताको समर्थनमा आफ्नो प्रतिवद्धता दोहो¥याएका छन् ।
– करिब डेढ वर्षअघि पेरिसमा भएको विश्व सम्मेलनमा ओबमा प्रशासनबाट सम्झौतामा हस्ताक्षर भएको थियो ।
१५. पाश्चात्य राजनीतिका कौटिल्य भनी कसलाई चिनिन्छ ?
– मेकियाबेली ।
१६. नेपालको इतिहासमा कुन घटनालाई ‘बस्नेत पर्व’ पनि भनिन्छ ?
– भण्डारखाल पर्व ।
१७. नेपालमा चिनियाँ नागरिकलाई ‘फ्री भिसा’ दिने निर्णय कहिले गरियो ?
– वि.सं. २०७२ पुस १० ।
१८. सिरियाली सरकार र विद्रोहीबीच युद्धविराम सम्झौता कहिले भएको हो ?
– सन् २०१७ जुलाई ९ ।
– सिरियाली गृहयुद्ध अन्त्य गर्ने दिशातर्फ युद्धविराम सम्झौता महìवपूर्ण कदम हुने ठानिएको छ ।
– युद्धविराम सम्झौता गराउने प्रक्रियामा अमेरिका, रुस र जोर्डन संलग्न रहेका थिए ।
– सिरियामा सन् २०११ मा भएको प्रदर्शनपछि गृहयुद्ध सुरु भए यता करिब तीन लाख मानिसले ज्यान गुमाएका छन् भने एक करोड दस लाख मानिस विस्थापित भए ।
– रुसले सिरियाली राष्ट्रपति बसर अल असादलाई समर्थन गर्दै आएको छ भने अमेरिकाले सिरियाली विपक्षीलाई समर्थन गर्दै आएको छ ।
१९. नेपालमा हात्तीपोलो प्रतियोगिता कहिलेदेखि सुरु भएको हो ?
– सन् १९८२ ।
२०. नेपालमा कृषक परिचयपत्र वितरण गर्ने कार्य कुन जिल्लाबाट सुरु गरिएको हो ?
– बागलुङ ।
२१. “शिक्षण कला भनेको खोजी कार्यको सहयोगी कला हो ” भन्ने विद्वान को हुन् ?
– मार्क भान डोरेन, अमेरिकी कवि
२२. काठमाडौँको चोभारमा निर्माण गर्न थालिएको सुख्खा बन्दरगाह र अन्तर्राष्ट्रिय प्रदर्शनी स्थलमा कुन अन्तर्राष्ट्रिय संस्थाले सहयोग गर्ने भएको छ ?
– विश्व बैङ्क ।
– सुख्खा बन्दरगाह र अन्तर्राष्ट्रिय प्रदर्शनी स्थलको काम एक साथ सुरु गरिने बताइएको छ ।
– कुल आठ सय १६ रोपनी क्षेत्रफलमध्ये दुई सय रोपनीमा सुख्खा बन्दरगाह र बाँकी क्षेत्रफलमा अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल निर्माण गरिने छ ।
२३. विष्णुका दश अवतार के–के हुन् ?
– मत्स्य, कुर्म, वराह, नृसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्की ।
२४. टाइटानिक नामक समुद्री जहाज कहिले दुर्घटनाग्रस्त भएको थियो ?
– सन् १९१२ अप्रिल १४ ।
(सन् १९१२ अप्रिल १० मा बेलायतको साउथह्याम्पटनबाट न्युयोर्कका लागि प्रस्थान गरेको सो जहाज चार दिनको यात्रापछि १४ अप्रिलमा एक ठूलो हिमशिलामा ठोकिएर डुब्दा १५ सयभन्दा बढी यात्रुको निधन भएको थियो । टाइटानिक त्यो बेलाका समुद्री जहाजमध्ये सबैभन्दा सुविधासम्पन्न र विलासी रहेको बताइन्छ । चीनमा अहिले सोही विश्वविख्यात जहाज ‘टाइटानिक’ को प्रतिकृति बनाउन थालिएको छ ।)
२५. नेपाल सरकारले इन्डोनेसियामा अवैतानिक महावाणिज्य दूतावासको स्थापना कहिले ग¥यो ?
–सन् २०१७ सेप्टेम्बर १३
२६. नेपालको इतिहास लेखनका प्रारम्भिक दिनहरूमा कलम चलाउने सिल्भा लेभी कुन देशका नागरिक हुन् ?
– फ्रान्स ।
२७. राणाकालीन सरकारद्वारा जनतालाई दिइने सूचनालाई के भनिन्थ्यो ?
– इस्तिहार ।
२८. गोरखापत्रको प्रकाशन कहिलेदेखि सुरु भएको हो ?
– वि.सं. १९५८ वैशाख २४ ।
(सुरुमा साप्ताहिक रूपमा प्रकाशित हुने गोरखापत्र वि.सं. २००० असोज २९ देखि हप्तामा दुईपटक, वि.सं. २००३ पुस ४ देखि हप्तामा तीन पटक र वि.सं. २०१७ फागुन ७ देखि दैनिक रूपमा प्रकाशन गर्न थालिएको हो ।)
२९. राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस कहिले मनाउने गरिन्छ ?
– मे २ ।
३०. मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतकोे निर्णयअनुसार काठमाडौँ–तराई द्रूतमार्ग निर्माणको जिम्मा कसलाई दिइने भएको छ ?
– नेपाली सेना ।
– मन्त्रिपरिषद् बैठकद्वारा फास्ट ट्र्याक निर्माण गर्न नेपाली सेनालाई जिम्मा दिँदै त्यसको कार्यविधि पेस गर्न भनिएको छ ।
– ७६ किलोमिटर दूरी रहेको फास्ट ट्र्याकको उपत्यकाभित्र १२ किलोमिटर पर्नेछ । उपत्यकाभित्रबाहेक अरू ‘ट्र्याक’ नेपाली सेनाले २०६९ सालमै सम्पन्न गरेको छ ।

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

