तनाव कम गर्न प्राकृतिक औषधि : हाँसो
हँसिलो मुहार भएको मानिसले सजिलै अरूको मन जित्न सक्छ र छिट्टै सबैको प्यारो हुने गर्छन । हामीले हाम्रो जीवन सफल बनाउन का निम्ति जस्तोसुकै परिस्थितिमा पनि मुस्कुराउन सक्नु पर्छ । हाँस्नु स्वास्थ्यका लागि समेत एकदमै फाइदाजनक मानिनुका साथै प्राकृतिक औषधि पनि हो ।
हाँस्नु भनेको अवाज निकालेर हल्ला गर्ने नभई खुसी रहनुले विशेष अर्थ राखेको हुन्छ । हाँस्दा शरीरका अंगहरू सक्रिय हुने गर्छन् । हाम्रो शरीरमा एक किसिमको हर्मोन उत्पन्न हुन्छ । खुलेर हाँस्दा रक्तप्रवाह राम्ररी हुन्छ । शरीरमा पर्याप्त अक्सिजन पुग्छ र मुटुको पम्प रेटलाई ठीक राख्न मद्दत हुन्छ । दिल खोलेर हाँसेर तनाव कम गर्न सकिन्छ ।
तनावकै कारण हाम्रो शरीरमा हुने विभिन्न शारीरिक तथा मानसिक समस्याबाट जोगिनसमेत हाँस्न जरुरी छ । कठिन परिस्थितिमा पनि हाँस्न सक्नु नै स्वस्थ रहने सरल उपाय हो । अनिद्राको समस्या हटाउन पनि हाँस्न निकै जरुरी छ ।
खुलेर हाँस्दा पीडा, चिन्ता दूर गराउँछ र नकारात्मक भावना पैदा हुन दिँदैन । व्यवसाय गर्ने मानिसहरुलाई अरूको मन जित्नका लागि पनि मुस्कुराउन जरुरी छ । मुस्कुराउने वा नरम हुनाले एक अर्कासँगको सम्बन्ध सुमधुर बनाउने एक अनुसन्धानले प्रमाणित गरेको छ । मुस्कुराएर बोल्दा परिवारमा झै- झगडा कम हुने र सम्बन्ध सुमधुर रहने गर्छ ।
May 12, 2019 11:57 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो