गर्मी मौसममा अनुहारको हेरचाह कसरी गर्न सकिन्छ त ? जान्नुहोस् तरिकाहरू
मानिसले आफ्नो सौन्दर्यको हेरचाह गर्छन् । बढी जसो मानिसहरुले गर्मी मौसममा भन्दा जाडो मौसममा आफ्नो सौन्दर्यको हेरचाह गर्ने गरेको पाइन्छ l तर अझ भन्नु नै पर्ने हो भने जाडोमा भन्दा गर्मी मौसममा आफ्नो सौन्दर्यको धेरै ख्याल राख्नु पर्ने हुन्छ । किनकी गर्मी मौसममा अनुहारको रोम छिद्र खुल्छ र फोहोर जाने सम्भावना बढी मात्रामा हुन्छ । त्यसैले यो मौसममा बाहिर हिँड्दा अनिवार्य छाता लिएर हिड्ने गर्नु पर्दछ ।
गर्मी मौसममा अनुहारको हेरचाह कसरी गर्न सकिन्छ त ? जान्नुहोस् तरिकाहरूः
– घरमै पनि अनुहारलाई सफा राख्न सकिन्छ । जस्तै : काँक्रो, मेवाको लेप बनाएर प्याकको रुपमा अनुहारमा प्रयोग गर्दा निकै उपयोगी हुन्छ ।
– अनुहार राम्रो राख्नको लागी अनुहारमा उपयुक्त हुने डे र नाइट क्रिम प्रयोग गर्नुपर्दछ । गर्मी मौसममा घामबाट बच्नका लागि सन ब्लक क्रिमको प्रयोग गर्न बिर्सनु हुँदैन ।
– अनुहारमा फोहोर हुनाको कारणले बेलाबेलामा क्लिन्जिङ गरिरहनुपर्छ ।
– अनुहारमा ससाना दाग देखिएमा बेसार, कागतीको रस, र दुधको तर राखी प्याक बनाएर अनुहारमा लगाउन सकिन्छ ।
– जौँको पिठोलाई स्क्रबको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।
– आँखामा आएको कालो दाग हटाउन आलु वा काक्रोको चप बनाई सजिलै दाग हटाउन सकिन्छ l
– अनुहारमा चाउरीपना भए केरा, बन्दागोभी मिक्स गरी यसको प्याक बनाएर अनुहारमा लगाउँदा चाउरीपना कन्ट्रोल भई अनुहारमा चम्किलोपन ल्याउँछ l
May 12, 2019 12:29 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो