‘म क्विट गर्ने मान्छे नै होइन’– ३ प्रश्न बाँकी छँदै सबै लाइफलाइन गुमाउँदा पनि १ करोड जिते
काठमाडौं। नेपालमा यसै वर्ष सुरु भएको फ्रेन्चाइज शो ‘को बन्छ करोडपती’ ले पहिलो पटक करोडपति पाएको छ । शोले गरेको घोषणा अनुसार पहिलो करोडपति विराटनगरका राजीव जैन हुन् । जैन एमबीए डिग्री होल्डर हुन् साथमा उनी क्विज मास्टर पनि हुन् ।
१० वर्षदेखि काठमाडौंमा बस्दै आएका उनले महेन्द्र मोरङ क्याम्पसबाट बीबीए गरेका थिए । दिल्ली युनिभर्सिटीबाट एमबीए गरेपछि उनी २००३ मा नेपाल फर्किएका थिए । दिल्लीमा छँदा भारतमा यही शो ‘कौन बनेगा करोडपति’का लागि समेत छनोट भएका उनी ‘फस्टेस्ट फिंगर फर्स्ट’ पार गरेर हट सिटमा पुग्न भने पाएनन् ।
शनिबार राती प्रसारण भएको एपिसोडमा ‘को बन्छ करोडपती’ले पहिल्यै ‘पहिलो करोडपति परिचित गराइँदै’ भनेकोले राजीव नै पहिलो करोडपति हुन् भन्ने प्रस्ट छ । यद्यपि शनिबारको एपिसोडमा राजीवले २५ लाख मात्र जितेका छन् र समय सकिएको छ । ३ प्रश्न बाँकी छँदै सबै लाइफलाइन गुमाइसकेका उनले १२ लाख ५० हजारको प्रश्नमा सबै लाइफलाइन गुमाइसकेका थिए ।
उनले २५ लाखको प्रश्नको सही जवाफ दिएर २५ लाख जितिसकेका छन् । उनी १ करोड जित्नको लागि मात्रै २ प्रश्नको दूरीमा हुँदा समय सकिएको छ । पहिल्यै पहिलो करोडपति भनेर घोषणा गरिसकिएकोले उनले बाँकी २ प्रश्नको पनि सही जवाफ दिने निश्चित छ । उनले बाँकी २ प्रश्नको सही जवाफ दिएर १ करोड जितेको आज आइतबार बेलुका प्रसारण हुने एपिसोडमा हेर्न सकिनेछ । हेर्नुहोस् शनिबारको एपिसोड
May 12, 2019 1:22 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।