विवाह गर्ने तहमा पुगेर सम्बन्ध बिग्रिएका यी बलिउड कलाकार
मुम्बई। बलिउड फिल्म उद्योगमा अफेयर्सको चर्चा निकै चल्ने गर्छ। केही जोडीले आफ्नो अफेयर्सको कुरा संचारमाध्यममार्फत स्वीकार पनि गरेका छन् भने केहीले लुकाएका पनि छन्। आज हामी तपाइँलाई ती कलाकारको अफेयर्सका बारेमा जानकारी दिँदैछौं। रणवीर सिंह र अनुष्का शर्माको अफेयर्सका बारेमा धेरैलाई जानकारी हुनुपर्छ। सुरुमा रणवीर कपुर हेमा मालिनीकी छोरी अहना देओलसँग रिलेशनशीपमा थिए। तर यो सम्बन्ध धेरै समय चल्न पाएन।

‘आँखों में तेरा चेहरा’ गीतमा शाहिद कपुर नायिका हर्षिका भट्टसँग रोमान्स गरेका थिए। त्यो क्रममा उनीहरु क्यूट पेयर रिलेशनशिपमा थिए। तर चाँडै उनीहरु अलग भए।

रकस्टार रणबीर कपुर लामो समयसम्म इरफान खानकी पत्नी अवंतिका मलिकसँग रिलेशनशिपमा थिए। तर यो अफेयर्स धेरै समयसम्म चलेन।
डिनो मोरिया र लारा दत्ताका पूर्व ब्वाइफ्रेण्ड केली दोरजी राम्रा साथी थिए। केलीसँग ब्रेकअपपछि लाराले डिनोसँग डेट गन सुरु गरिन्। तर उनीहरुको सम्बन्ध पनि लामो समयसम्म चल्न सकेन।

फिल्म ‘नील एन निक्की’ मा उदय चोपडा र तनीषा मुखर्जी मुख्य भूमिकामा थिए। यही क्रममा उनीहरु प्रेममा परे। उनीहरुले लामो समयसम्म डेट पनि गरे। र, उनीहरुबीच विवाह हुने नै भएको थियो। तर अन्तिममा उनीहरुको सम्बन्ध बिग्रियो।

‘रंग दे बसन्ती’ को शुटिङका क्रममा साउथका चचित अभिनेता सिद्धार्थ अभिनेत्री सोहा अली खानसँग डेटमा थिए। पछि उनीहरुको ब्रेकअप भयो।

उपेन र अमृताले दुई वर्षसम्म डेटिङ गरे। तर पछि सम्बन्ध बिग्रिएपछि अमृताले शकील लदाकसँग विवाह गरिन्। उता उपेन पटेल बिग बोसको सीजन ८ मा करिश्मा तन्नासँगको जोडीलाई खुब मन पराइयो। यद्यपी उनीहरु अहिले साथमा छैनन्।
May 14, 2019 1:25 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो