आँचल भन्छिन्– ‘आफ्नो व्यक्तिगत जीवनको कुरा बाहिर ल्याउन मन लाग्दैन’
काठमाडौं, बैशाख । चलचित्र ‘दाल भात तरकारी’ को व्यापारले दंग देखिएकी नायिका आँचल शर्मा कहिलेकाँही प्रेमको चर्चाले पनि रंगिने गर्छिन् । विशेषगरी, नायक पल शाहसँग उनको प्रेमको चर्चा चलेको केही समय भएको थियो । अहिले चलचित्र बजारमा पल र आँचल अलग भएको चर्चा समेत चलेको छ ।
आँचल पलसँग आफ्नो सम्बन्ध प्रेम भन्दा माथि रहेको र पल र आफ्नो मित्रता सधै नै उस्तै रहने बताउँछिन् । चलचित्र बजारमा नायिका आँचल शर्माको जीवनमा कोही मानिसको प्रवेश भएको समेत चर्चा छ । उनले भनिन् ‘प्रेम गर्नु सामान्य कुरा हो तर, अहिले म प्रेममा छैन ।
आँचलले आफ्नो व्यक्तिगत जीवनको बिषयमा धेरै कुरा बाहिर ल्याउन मन नलाग्ने समेत बताइन् । उनले भनिन्–‘कतिपय व्यक्तिगत कुरालाई देखाउन मन छ या छैन भन्ने कुरा मेरो निर्णय हो । म प्रेम वा मेरो व्यक्तिगत जीवनको कुरा बाहिर आओस् भन्ने खासै चाहन्नँ । व्यक्तिगत र व्यवसायिक कुरा फरक हो । कतिपय कुराहरुले भोलीलाई पनि गाह्रो पर्छ
आँचलले पलसँगको प्रेमको बिषयमा भनिन्–‘पलजीसँगको सम्बन्धको चर्चामा कोहीसँग पनि प्रमाण थिएनँ । म यस्तो कुरा आओस् भन्ने पनि चाहन्नँ । ‘प्रेम गर्नु नै नराम्रो त होइन, तर अहिले म सिंगल छु ।’ नायिका आँचल शर्माले बजारमा चलेको हल्लालाई गलत भइको समेत बताइन् ।
May 14, 2019 3:45 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।