सुन्दरी नायिका जसिता गुरुङको आज जन्मदिन, कति वर्ष लागिन् त ?
काठमाडौं, २ जेठ । नायिका जसिता गुरुङको आज जन्मदिन । १९९६ मे १६ तारिखका दिन उनको जन्म बेलायतमा भएको हो । यस आधारमा आज उनी आफ्नो २४औं जन्मदिन मनाउँदैछिन् ।
‘लिली–बिली’ चलचित्रबाट नेपाली रजतपटमा प्रवेश गरेकी जसिताले बेलायतको हेनरी ब्यूफोर्ट स्कुलमा माध्यमिक शिक्षा र पिटर साइमन्ड सिक्स्थ फर्म कलेजबाट स्नातक गरेकी हुन् हाल उनी विन्चेस्टर, ह्याम्पसायरमा बस्दै आएकी छन् ।
निर्देशक मिलन चाम्सले जसितालाई नेपाली चलचित्रमा अभिनय गराएका हुन् । जसिताले पहिलो पटक नै चकलेटी नायक प्रदीप खड्कासँग अनस्क्रिन रोमान्स गर्न पाएकी थिइन् । प्रदीप र जसिताको जोडी ‘लभ स्टेसन’ चलचित्रमा पनि दोहोरिएको थियो । जसिताले खेलेका ‘लिली–बिली’ र ‘लभ स्टेसन’ दुवै सफल मानिन्छन् ।
आफूले अभिनय गरेका दुवै चलचित्रको नायक प्रदीप खड्का नै भएकाले नेपाली सिने क्षेत्रमा प्रदीप र जसिताबीच प्रेम सम्बन्ध रहेको चर्चा पनि चल्ने गरेको छ । जसिताको जन्मदिनमा अभिनेता प्रदीप खड्काले शुभकामना दिएका छन् । बिहीबार बिहान प्रदीपले जसितासँग आफ्ना चारवटा तस्बिर राखेर जन्मदिनको शुभकामना दिएका हुन् ।
May 16, 2019 1:02 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो