

९ वर्षीया बालिकाले गराइन ओस्कारमा प्रवेश, ६ हप्तामा बनेको थियो फिल्म

एजेन्सी। नौ वर्षीया बालिका कमली मूर्तीमा आधारित भएर निर्माण भएको डकुमेन्ट्रीलाई ओस्कारमा मनोनयन गरिएको छ। यो डकुमेन्ट्रीलाईमा कमली मूर्ती र उनकी आमाको संघर्षलाई देखाइएको छ। २४ मिनेटको यो डकुमेन्ट्रीको निर्माता साशा रेनबोले निर्देशन गरेका छन्। यो डकुमेन्ट्री आगामी वर्ष २०२० ओस्कार अवार्डकालागि मनोनयन गरिएको हो।
डकुमेन्ट्रीमा कमली मूर्तीकी आमा सुगंतीले कसरी आफ्नी छोरीकालागि समाजको रुढीवादी परम्पारलाई तोड्छिन् र आफ्नी छोरीलाई स्केटबोर्ड च्याम्पिन बनाउँछिन् भन्ने देखाइएको छ। यो डकुमेन्ट्री जम्मा ६ हप्तामा शुटिङ गरिएको थियो।
डकुमेन्ट्रीलाई डिसेम्बर २०१८ मा मुम्बई इन्टरनेशनल शर्ट फिल्म फेस्टिभलमा पठाइएको थियो। त्यहाँ उक्त डकुमेन्ट्रीलाई बेस्ड डाइरेक्टर अवार्ड प्राप्त भएको थियो। साथै यसले अटलांटा फिल्म फेस्टिभलमा पनि डकुमेन्ट्री अवार्ड जितेको थियो।
कमली तमिलनाडूको एक सानो माछा समाउने सहर महाबलिपुरमकी एकमात्र फिमेल चाइल्ड स्केटबोर्डर हुन्। कमली पहिलो पटक त्यतिबेला चर्चामा आएकी थिइन् जतिबेला टोनी हकको नजर उनीमाथि परेको थियो। टोनी एक चर्चित स्केटबोर्डर हुन्। टोनी हकले आफ्नो फेसबुक पेजमा कमलीको फोटो शेयर गरेका थिए।
May 17, 2019 11:49 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एशियन कम छनोट : समूह एफको दोश्रो खेलमा नेपालले आज लाओससँग खेल्दै

अमेरिकाले डिपोर्ट गरेका ४८ नेपाली बंगलादेश हुँदै काठमाडौं आउँदै

दाङमा लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गाजाको अवस्था नर्कभन्दा पनि खराब : रेडक्रस

अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौ अधिवेशन झापाको बिर्तामोडमा हुने भएको छ ।

कुवेतबाट निरेम प्रोडक्सनद्वारा धरानका सामाजिक संस्थाहरू र मृगौला पीडितलाई सहयोग

सात वर्षअघि नै खारेज भएको सिन्डिकेट ब्युँत्याउने प्रयास : सडकमा आज पनि सार्वजनिक गाडी कम चल्दा यात्रुलाई सास्ती

नेपाल कुवेत साँस्कृतिक मञ्चको तीज विशेष सांगीतिक धमाका २९ अगष्टमा गर्ने

