यि राशि भएका युवतीलाई घर भित्र्याउनु भनेको घरलाई स्वर्ग बनाउनु हो !
वाहिक जीवनमा बाँधिनु भनेको महिला पुरुषको मिलन मात्र नभई दुई परिवारको मिलन पनि हो ।पारिवारिक मेलमिलाप र वैवाहिक जीवन सुखमय भएमा मात्र जीवन सुखद रूपमा अगाडि बढ्न सक्छ । आफ्नो जिवनमा आउने जीवन साथी उत्कृष्ट परोस् भन्ने हरेक पुरुषको चाहाना हुन्छ । उस्तै परिवारले पनि बत्तिसै लक्ष्निले युक्त बुहारीको आस राखेका हुन्छन्
ज्योतिष शास्त्रका अनुसार हरेक व्यक्तिको भविष्य कस्तो रहने भन्ने बारे अडकल लगाउने गर्दछन् । फरक फरक राशि अनुसार मानिसमा हुने भाग्य र व्यवहार फरक हुने गर्दछ । विवाहको सम्बन्धमा पनि राशि अनुसारको वैवाहिक सम्बन्ध साथै परिवाको निर्धारण रहने गर्दछ। ज्योतिषशास्त्रका यी तल दिइएका उल्लिखित राशि हुने युवतीहरू धेरै सफल र राम्रा बुहारी बन्न सक्छन्।
वृष राशीः वृष राशि हुने युवतीहरु धेरैनै समझदार हुन्छन्। आफ्नो मात्र खुशी मात्र नभई पूरै परिवारको खुशीलाई यस राशि हुनेहरु प्राथमिकतामा राख्छन्। अभावमा पनि चित्त बुजाउन सक्ने हुँदा परिवार माथि आइलाग्ने हरेक दुखमा वृष राशि हुने बुहारीहरुले साथ दिन्छन्। शहनशक्तिले भरिपूर्ण हुनाले पनि यस राशि हुने बुहारीहरु उत्कृष्ट मानिन्छन्। निर्णय लिने मामलामा पनि यस राशि हुनेहरु समझदार मानिन्छन्।
कन्या राशिः कन्या राशि हुने महिलाहरु शान्त स्वभावका हुन्छन्। कुनै पनि विषयमा छिट्टै प्रतिक्रिया जनाउँदैनन्। कलह देखि पनि कन्या राशिहुनेहरु टाढा रहन रुचाउँछन्। जसकारण बुहारीको रुपमा कन्या राशि हुने युवतीहरु उदाहरणनै बन्न सक्छन्। परिवारको हरेक कार्यमा आफ्नो सहभागिता जनाउने हुँदा परिवार खुशी रहन सक्छ। आर्थिक मामिलामा पनि कन्या राशि हुने बुहारीहरु बुद्धिमानी मानिन्छन्।
मीन राशिः मीन राशि हुने बुहारीहरु पनि उत्कृष्ट मानिन्छन्। उनीहरु आफू भन्दा पनि परिवारलाई प्राथमिकतामा राख्छन्। परिवारमा आइपर्ने दुख माथि उनीझरुको विशेष निगरानी रहने गर्छन् दुखको समयमा परिवारलाई उचित सल्लाह दिन्छन्। यति मात्र नभई उचित कदम चाल्न सक्ने समेत यस राशि हुने बुहारीहरुमा क्षमता हुन्छ। बाहिरी उकसाहटमा कुनै पनि कदम चाल्नु अगाडी धेरै सोच्ने हुँदा पनि मीन राशि हुने बुहारीहरु लक्ष्मी समान हुन्छन्।
May 17, 2019 1:17 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो