त्यसपछि अभिनयको रहर पुग्यो– सुनिता
काठमाडौँ– ६ वर्षदेखि साङ्गीतिक क्षेत्रमा क्रियाशील रहँदै आएकी सुनिता कार्की पछिल्लो समय भने चर्चामा छाएकी छिन् । उनको चर्चाको मुख्य कारण हालै सार्वजनिक गरेको एल्बम ‘सुनमाला’ भएको छ । सुरेश अधिकारीको शब्द तथा सङ्गीत रहेको यो एल्बमका गीतहरूले अहिले प्रायः सबै मिडियामा प्राथमिकता पाइरहेका छन् । सायद त्यसैले पनि उनी दङ्ग छिन् । ‘केही वर्षदेखि साङ्गीतिक क्षेत्रमा गरेको सङ्घर्षको फल अहिले मिलेको छ’ उनले बताइन् ।
‘सुनमाला’ सङ्गीतकार सुरेश अधिकारीसँग उनको दोस्रो सहकार्य हो । यस अगाडि उनले ‘कहिले हार कहिले जित’मा पनि सहकार्य गरेकी थिइन् । केही पहिले उनको ‘ए बतास’ बोलको गीत पनि बजारमा आएको थियो । जुन गीतको कारण उनलाई इमेज अवार्डको नोमिनिज सूचीको उत्कृष्ट पाँचभित्र अटाउन सफल भएकी थिइन् ।७ वर्ष अगाडि रेडियो नेपालबाट स्वर परीक्षणा पास गरेकी उनले सुरसङ्गीत पाठशाल र ललितकला क्याम्पसमा सङ्गीतको ज्ञानसमेत हासिल गरेकी छन् । भर्सनटायल गायिका बन्ने उद्देश्यकी उनी गायनमा लागेपछि पप, आधुनिकलगायत कुनै एक विधामा खुम्चिएर बस्न नहुने बताउँछिन् । यिनै गायिका सुनिता कार्कीलाई रातोपाटीका यस्ता छन् दस प्रश्न :
गायन किन रोज्नुभयो ? : पहिलो कुरो त गायनमा मेरो सानैदेखि रुचि थियो । अर्काे कुरो, मेरी आमालाई पनि मेरी छोरी गायिका होस्, गीतहरू निकालोस् भन्ने चाहना थियो । उहाँलाई पनि गाउन असाध्यै रुचि छ । फ्यामिलीका सबैबाट गायनका लागि सपोर्ट भयो । अनि म गायनमा आएँ ।
कस्तो पाउनुभयो साङ्गीतिक क्षेत्र ? : राम्रो छ । इच्छा शक्ति भयो भने केही गरेर देखाउन सकिन्छ । कसरी आफू बाहिर आउने, कसरी आफूलाई स्थापित गर्ने भन्ने आफूमा भरपर्दाे रहेछ । आवश्यक तयारी गरेर आउनेका लागि साङ्गीतिक क्षेत्र सजिलो छ ।
दैनिक रियाज कति गर्नुहुन्छ ? : गायनमा करियर बनाउने र उचाइमा रहेका सबैका लागि दैनिक रियाज अनिवार्य छ । म पनि दैनिक बिहान रियाज गर्छु ।
गायनको पहिलो आम्दानी के गर्नुभयो ? : केही वर्ष पहिले खोटाङमा एउटा सम्मान कार्यक्रम थियो । नेता माधवकुमार नेपाल प्रमुख अतिथि हुनुहुन्थ्यो । सो कार्यक्रममा मैले पनि एउटा गीत गाएको थिएँ । कार्यक्रममा आउने एक धेरै व्यक्तिमध्ये एकजनाले तिम्रो स्वर निकै मन पर्यो ल आउ भनेर दुई हजार आशीर्वादको रूपमा दिनुभएको थियो । त्यो नै मेरो गायनको पहिलो कमाइ थियो । उक्त रकममध्ये एक हजार आमालाई दिएँ । एक हजार अहिलेसम्म पनि सजाएर राखेकी छु ।
अभिनयमा रुचि पनि छ कि ? : पहिले थियो, अभिनय गर्छु भन्ने लाग्थ्यो । अनुभवका लागि एक गीतको म्युजिक भिडियो आफैले अभिनय गरेँ । त्यसपछि अभिनयको रहर पुग्यो । अहिले अभिनयमा पटक्कै इन्ट्रेस्ट छैन ।
रुचि ? : पुस्तक अध्ययन गर्न मनपर्छ । त्यसमा पनि कसैको जीवनी, पुराना पुराना कलाकारका विभिन्न विषयले भरिएको किताब, उपन्यास र हरेक प्रकारको अन्तरवार्ता हेर्न, पढ्न रुचि रहँदै आएको छ । सिक्नका लागि देश तथा विदेशका पुराना कलाकारलाई पनि फलो गर्ने गरेकी छु ।
मनपर्ने खाना ? : म भेजिटेरियन हुँ । घरमै पकाएको सिम्पल दाल, भात, तरकारी र अचार मनपर्छ ।
गाउन रहर लागेको गीत ? : मेरो विचारमा गायिका भएपछि पप, क्लासिकल, आधुनिक वा कुनै एक विधा भनेर अड्किनु हुँदैन । हरेक किसिमको गाउन सक्नुपर्छ भन्ने मेरो विचार हो । कोसिस पनि त्यही गरिरहेकी छु । मेरो भर्खर आएको एल्बममा पनि हरेक प्रकारका गीत छन् ।
सपना ? : गीत सङ्गीतमा राम्रो काम गर्न सकौँ, धेरै नाम कमाउन सकौँ । दर्शक स्रोताको मन जितेर सबैतिर छाउन सकौँ । मेरो सपना, उद्देश्य जे भने पनि यही छ ।
कस्ती केटी ? : म साधारण नेपालकी छोरी हुँ । गीतसङ्गीलाई धेरै माया गर्छु । म्युजिक मेरो ढुकढुकी हो ।
May 17, 2019 4:59 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :