किराँत समुदायले आज उभौली पर्व मनाउँदै
खाेटाङ – शनिबार किराँत समुदायले उभौली पर्व मनाउँदैछन् । उभौली पर्व किराँत समुदायभित्रका राई, लिम्बु, सुनुवार र याक्खा जातिको मुख्य पर्व हो ।उभौलीका अवसरमा साकेला चण्डी नाच प्रदर्शन गरिन्छ । वसन्त ऋतुमा लगाइएको अन्नबाली सप्रियोस्, दाना राम्रो लागोस् र खाद्यान्नको अभाव नहोस् भन्दै यो चाड मनाउने गरिएको छ ।
किराँत समुदायमा सबैलाई सुख शान्ति एवं सुस्वास्थ्यको कामना र दैविप्रकोप खेप्नु नपरोस् भन्दै चण्डी नाच्ने प्रचलन पनि छ । उभौलीका दिन प्रकृति, देवीदेवता र भूमीको पूजा गरिन्छ । उभौली पर्वका अवसरमा किराँतको मुख्य क्षेत्र नेपालको पूर्वी भुगोलसहित काठमाण्डौ उपत्यकामासमेत विभिन्न कार्यक्रम आयोजना गरिन्छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उभौली पर्वले नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव थप सुदृढ पार्न अभिप्रेरित गर्दै समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले उभौलीको शुभकामना व्यक्त गर्दै नेपाल सांस्कृतिकरुपमा समृद्ध देश भएको उल्लेख गर्नुभएको छ ।
May 18, 2019 11:02 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :