

भारत फर्कनासाथ कंगना प्रहरीको फन्दामा !
6 years अगाडी
Susma Dhakal

मुम्बइ। कंगना रनौत र आदित्य पंचोलीको मामला एकपटक पुनः चर्चामा छ । आदित्य पंचोलीले कंगनाका वकिल रिजवान सिद्दिकीमाथि उनलाई बलात्कारको झुटो मुद्दामा फसाउने धम्की दिएको जानकारी दिएका छन् । अब पुलिस कंगनासँग यही मामलामा चाँडै नै सोधपुछ गर्नेछन् ।
मुम्बई पुलिस कंगना स्वदेश फर्किने प्रतिक्षामा छ । भारत फर्कने बित्तिकै मुम्बई पुलिस कंगनाको बयान दर्ता गर्नेछ । स्मरण रहोस्, कंगना रनौत अहिले कान्स फिल्म फेस्टिबलमा सरिक हुनका लागि फ्रान्समा छिन् । यस्तै, पुलिस यो मामलामा अनुसन्धान गरिरहेको छ ।
आदित्य पंचोलीले सन् २०१७ मा कंगना रनौतविरुद्ध मानहानीको मुद्दा दर्ता गरेका थिए । आदित्यका अनुसार आफूले मुद्दा दर्ता गरेपछि कंगनाका वकिलले उनलाई बलात्कारको झुटो मुद्दामा फसाउने धम्की दिएका छन् । आदित्यले पुलिसलाई प्रमाणका लागि यसको भिडियो पनि दिएका छन् ।
May 18, 2019 11:10 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एशियन कम छनोट : समूह एफको दोश्रो खेलमा नेपालले आज लाओससँग खेल्दै

अमेरिकाले डिपोर्ट गरेका ४८ नेपाली बंगलादेश हुँदै काठमाडौं आउँदै

दाङमा लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गाजाको अवस्था नर्कभन्दा पनि खराब : रेडक्रस

अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौ अधिवेशन झापाको बिर्तामोडमा हुने भएको छ ।

कुवेतबाट निरेम प्रोडक्सनद्वारा धरानका सामाजिक संस्थाहरू र मृगौला पीडितलाई सहयोग

सात वर्षअघि नै खारेज भएको सिन्डिकेट ब्युँत्याउने प्रयास : सडकमा आज पनि सार्वजनिक गाडी कम चल्दा यात्रुलाई सास्ती

नेपाल कुवेत साँस्कृतिक मञ्चको तीज विशेष सांगीतिक धमाका २९ अगष्टमा गर्ने
Loading...

